दुवै डोज खोप लगाएकाले युरोकपका खेल रंगशालामै हेर्न पाउने

२६ जेष्ठ २०७८, बुधबार १०:५६ मा प्रकाशित

इंग्ल्यान्डको वेल्बलीमा हुने युरोकप फुटबलको खेलहरु दर्शकले रंगशालामै बसेर हेर्न पाउने भएका छन् । यूईएफएले र खोप पासपोर्ट भएका समर्थकले वेम्बलीमा हुने खेलहरु रंगशालामा बसेर हेर्न पाउने जनाएको छ ।

तर, खोप पासपोर्ट भएका ११ वर्ष माथिका समर्थकलाई मात्र रंगशाला प्रवेशको अनुमति दिइने भएको छ । यस्तै दुवै डोज खोप लगाएको र खेल भन्दा १४ दिन अघि लगाएको हुनु पर्नेछ ।

कोरोना महामारीको कारण एक वर्ष पछि हुन लागेको युरो जुन ११ बाट जुलाई ११ सम्म आयोजना हुँदैछ । वेम्बलीमा समूह ‘डी’ को खेलहरु हुनेछ । इंग्ल्यान्डले जुन १३ मा क्रोएसियासँग खेल्नेछ । वेम्बलीमा युरोको फाइनल खेल समेत हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज