भदौपछि सरकारसँग वारपारको आन्दोलन हुने दाबी

२६ भाद्र २०६९, मंगलवार २१:३१ मा प्रकाशित

काठमाडौ, २६ भदौ । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा–माओवादीका प्रभावशाली नेताहरुले सरकारले सहमतिको वातावरण भांडेर एकलौटी शासन गर्न द्वन्द्व बढाउने गरी बाधाअडकाउ फुकाउने अध्यादेश ल्याएको आरोप लगाएका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेकपा एमालेका सचिव ईश्वर पोख्रेलले राष्ट्रपतिले पटक–पटक सहमतिमा बजेट ल्याउन सुझाव दिएको अवस्थामा सरकारले एकपछि अर्को अध्यादेश ल्याउनु सहमतिको वातावरण बिगारेर एकलौटी शासन गर्न खोज्ने नियत मात्र भएको आरोप लगाए । उनले प्रधानमन्त्री नियतवश सहमति विथोल्न लागेकोले अब भदौपछि सरकारसँग वार्ता नहुने स्पष्ट पारे । उनले भने– ‘भदौपछि वार्ता हुँदैन, असोज १९ गतेबाट एमालेले आन्दोलनको घोषणा गरिसकेको छ । अब सडकबाटै छिनोफानो हुन्छ ।’
प्रधानमन्त्री बाबुराम भट्टराईको सरकारको आयु जति लम्बिन्छ त्यती संविधानको हत्या हुँदै जाने भन्दै उनले राष्ट्रपतिले संविधान बचाउन तत्काल भुमिका खेल्नुपर्ने बताए । उनले भने– ‘राष्ट्रपतिले भूमिका खेल्न ढिला भईसक्यो ।’
सोही कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारको सबै संयन्त्रमा आफ्नो कब्जा जमाउन प्रधानमन्त्रीले बाधा अडकाउ फुकाउने अध्यादेश ल्याएको दावी गर्दै अध्यादेशमार्फत, सेना, प्रहरी, अदातल सहितका संवैधानिक निकायमा कब्जा जमाउने योजनमा माओवादी लागेको आरोप लगाए । अब सरकारविरुद्ध निर्णायक आन्दोलनको विकल्प नभएको उनले पनि दोहोरयाए ।
नेकपा–माओवादी सचिव देव गुरुङले सरकारले बाधा अडकाउ फुकाउन अध्यादेश ल्याउनु संविधान उल्लंघनको पराकाष्ठा भएको भन्दै राष्ट्रपतिले स्विकार गर्न नहुने सुझाव दिए । कामचलाउ सरकारले निर्वाचनमा जान गरेको सिफारिसलाई स्विकार गरेर राष्ट्रपतिले गल्ती गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी