श्रीमानद्वारा एकाबिहानै श्रीमतीको हत्या

२६ भाद्र २०६९, मंगलवार २१:१७ मा प्रकाशित

पि.एम.मगर/ गुल्मी, २६ भदौ । गुल्मीको दर्लामचौर गाविसमा एक व्यक्तिले मंगलबार विहानै आफ्नी श्रीमतीको हत्या गरेका छन् । गुल्मी दर्लामचौर–९ निवासी ३५ वर्षीय चन्द्र कुमालले आफ्नै ३० वर्षीया श्रीमती हरिकली कुमाललाई टाउकोमा सिलौटोले हानेर हत्या गरको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोमवार दिउंसो तम्घासवाट घरमा हिंडेका दम्पति राती ईस्मास्थित ससुराली घरमा वसेर सँगै मंगलबार विहान ९ वजेतिर आफ्नो घरमा पुगेका थिए । ठूलावावाको घरमा वसेका उनका छोराछोरीहरुले घरमा आमावावु आएको थाहा पाएपछि आमालाई बोलाउन घरमा पुगेको र वोलाउँदा नवोलेपछि घरको आँटीमा गएर हेर्दा उनीहरुले आमालाई मृत अवस्थामा भेटेपछि स्थानीयवासीलाई खवर गरेको स्थानीय तोयनाथ सापकोटाले जानकारी दिनुभएको छ ।
श्रीमतीको हत्यागरि फरार भएका चन्द्र कुमाललाई स्थानीयवासीले दिएको जानकारीको आधारमा मंगलबार दिउंसो धनार्जी प्रहरी चौकीले हस्तिचौर गाविसअन्र्तगत छल्दीको सिर्पुस्थित एक होटलवाट पक्राउ गरेको थियो । घटनाको जानकारी पाएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीवाट प्रहरि निरिक्षक श्रीप्रकास यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको छ । कुमाल दम्पति विगत ३ वर्षदेखि सदरमुकाम तम्घासस्थित मिलनचोकमा मजदुरि गर्दै आइरहेका थिए । उनीहरुका २ छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल