कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा इन्जिनीयर पक्राउ

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले करणी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती कोरोना सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन् ।
२२ जेष्ठ २०७८, शनिबार १६:४१ मा प्रकाशित

रोल्पा । रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबर्जस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ परेका हुन् ।

गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेललाई पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज सुवेदीले जानकारी दिए ।

‘सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अङ्गमा सुमसुम्याउँदै जबर्जस्ती करणी गर्न खोजेको भन्ने पीडित किशोरीले जाहेरीमा उल्लेख गरेकी छिन्’, प्रहरी नायब उपरीक्षक सुवेदीले भने।

एकान्त स्थानमा रहेको धारामा नुहाइरहेकी किशोरीलाई बोतलमा पानी भर्ने बहानामा त्यहाँ पुगेका पौडेलले करणी प्रयास गरेको जाहेरीमा उल्लेख गरिएको छ । युवती कोरोना सङ्क्रमित रही होम आइसोलेशनमा बस्दै आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६:१५ बजे ग्राण्डी

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर

सिन्धुपाल्चोक । मेलम्ची खोलाको मुहान क्षेत्रको तस्वीर र श्रव्यदृश्य हेर्दा ठूलो मात्रामा गेग्य्रान थुप्रिएको छ । ठाउँठाउँ पटपटी फुटेर खस्न