खेलाडीको स्वागतमा पञ्चैबाजा

२६ भाद्र २०६९, मंगलवार १९:४५ मा प्रकाशित

काठमाडौ, २६ भदौ । मलेसियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन– ४ को विजेता नेपाली टोली मंगलबार अपरान्ह्र स्वदेश फर्किएको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट मा ऐतिहासिक सफलता दिलाएको टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी तथा खेल समर्थकलगायतले विमानस्थलमै पञ्चैबाजासहित भव्य स्वागत गरेका थिए ।
नेपालले हिजो .(सोमबार) डिभिजन– ४ को फाइनलमा अमेरिकालाई ८ विकेटले हराउँदै उपाधि हात पारेको थियो ।
प्रतियोगितामा अपराजित रहेको एकमात्र टोली नेपाल डिभिजन– ३ मा बढुवा भएको छ । यो नेपाली टोलीको अहिलेसम्मकै ठूलो सफलता हो । यसले नेपाललाई विश्वकप क्रिकेट को सम्भावना पनि देखाएको छ ।
आगामी अप्रिलमा हुने डिभिजन– ३ को शीर्ष दुईमा रहँदै डिभिजन– २ मा उक्लिन र डिभिजन– २ का शीर्ष दुईभित्र पर्न सके नेपालले सन २०१५ मा हुने विश्वकप खेल्ने अवसर पाउने छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक