दुर्गा बनिन् मिस नेपाल युके

२६ भाद्र २०६९, मंगलवार १९:४० मा प्रकाशित

काठमाडौं, २६ भदौ । बेलायतको फार्नबोरोमा आइतबार आयोजित एक प्रतियोगिता २० बर्षिय दुर्गा गुरुङले ‘मिस नेपाल युके २०१२’ को उपाधि जितेकी छिन् । उक्त सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा उनले अन्य प्रतिस्पर्धीलाई उन्छिन्दै टाइटल हात पारेकी हुन् ।
उपाधिसँगै उनले ८ सय पाउण्ड नगद पुरस्कार हात पारेकी छिन् । उपाधि जितेपछि उनले बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्ने बताइन् । बेलायतमा बिजनेस एडमिनिस्ट्रेसन पढिरहेकी २० बर्षिय दुर्गा हाल बाबु आमासँगै बेलायत वस्दै आएकी छिन् ।
प्रतियोगितामा पारिका आलेले फष्ट रनरअप र नयन गुरुङले सेकेन्ड रनरअपको उपाधि जिते । उनीहरुले क्रमशः ५ सय र तीन सय पाउण्ड पुरस्कार जिते भने मिस बेष्ट फिगरको उपाधिसमेत दुर्गाले नै जितिन् ।
मिस ट्यालेन्टमा परिका आले, मिस पब्लिक च्वाईसमा रोजी ओली, मिस क्याटवाकमा टिना पुर्जा र मिस पर्सनालिटी नयना गुरुङले जिते ।
सन् २०१० बाट बेलायतमा मिस नेपाल युके प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसअघि नविना गुरुङ र गौमाया गुरुङ सो उपाधि जितिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्