दिल्ली पब्लिकको बसमाथि फेरि गरे अखिल क्रान्तिकारीले आक्रमण

२६ भाद्र २०६९, मंगलवार १५:०७ मा प्रकाशित

काठमाडौं, २६ भदौ । धरानस्थित दिल्ली पब्लिक स्कुलको विद्यार्थी बोक्ने बसमाथि एकीकृत माओवादीका विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरुले फेरि तोडफोड गरेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालित स्कुलको बसमाथि मंगलबार बिहान विद्यार्थी लिन गएको समयमा अखिल क्रान्तिकारीले तोडफोड गरेको हो।
धरान १९ स्थित जिमी चोकमा विद्यार्थी पर्खिरहेको अवस्थामा मोटरसाइकलमा आएका आधा दर्जन बढी विद्यार्थीहरुले एक्कासी आक्रमण गरेर को १ ख ४५० नम्बर बसको सम्पूर्ण सिसा फुटाइदिएको समाचारमा जनाइएको छ । विद्यार्थीलाई पर्खिरहेको समयमा विद्यार्थीहरुले हामी अखिल क्रान्तिकारी हौं, गाडीबाट ओर्लनुस भन्दै ढुंगाले सम्पुर्ण सिसा फुटाएको चालक सुरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
घटनालगत्तै बस तोडफोडको आशंकामा प्रहरीले नेकपा माओवादी सर्मथित अखिल क्रान्तिकारीका तीन जिल्ला नेता पक्राउ गरेपनि उनीहरुको संलग्नता नभएको पुष्टि भएपछि छाडिदिएको छ। घटनापछि एमाओवादी सर्मर्थित आखिल क्रान्तिकारीको जिल्ला समितिले घटनाको जिम्मेवारी लिएको र पक्राउ परेकाहरुको संगठन संलग्न नभएको खुलेपछि छाडिएको डिएसपी राजेन्द्र बिष्टले जानकारी दिए। एमाओवादीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सिपि बजगाईले संगठनको केन्द्रीय नीतिअनुरुप नेपालमा सञ्चालित स्कुलको नाम विदेशको राजधानीको नाममा रहेकोले कारबाही गरिएको बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक