पुनःस्थापनाका नाममा फसाउंदैछ माओवादी : कोइराला

२६ भाद्र २०६९, मंगलवार १४:३३ मा प्रकाशित

काठमाडौं, २६ भदौ । विगतका सहमति कार्यान्वयन नगर्ने एमाओवादीले संविधानसभा पुर्नस्थापनाका नाममा अन्य दललाई फसाउन मात्र खोजेको आरोप नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले लगाउनुभएको छ। एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारले संवैधानिक ‘कु’ गर्ने तयारीस्वरुप संविधान संशोधन गर्न खोजेको उल्लेख गर्दै उहांले संविधान संशोधनका लागि सरकारले गरेको तयारीपछि यस्तो अभिव्यक्ति दिनुभएको हो । सरकारले सोमबार संविधान संशोधन गर्न राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको थियो ।
नेपाल प्रेस युनियन, बाग्लुङको कार्यक्रममा सहभागी हुन मंगलबार त्यहां पुग्नुभएका कोइरालाले पत्रकारसँगको कुराकानीमा विधिविधान मिचेर माओवादीले मुलुकमा संवैधानिक जटिलता सृजना गरेको बताउनुभयो। मुलुकलाई अध्यादेशमार्फत संचालन गरेर माओवादीले संवैधानिक कु गरेको उल्लेख गर्दै कोइरालाले सहमतीय राजनीतिक संस्कारमा विधि मिचेर संकट निम्त्याएको दाबी गर्नुभयो । वर्तमान सरकारलाई संविधान संशोधन गर्ने अधिकार नभएको उहांको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फेला परेकोमा काठमाडौँ उपत्यकामा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा