अदालतले डिएनए टेस्टको रिपोर्ट नमानेपछि…

२६ भाद्र २०६९, मंगलवार ०७:४० मा प्रकाशित

काठमाडौं, २६ भदौ । चितवनकी एक महिलाले सोही जिल्लास्थित पटिहानी–५ का राजिव गुरुङलाई आफ्नो लोग्ने र आफ्नो कोखबाट जन्मेको सन्तानको बाबु दाबी गर्दै दायर गरेको मुद्दा सुल्झनुको साटो झन्–झन् बल्झिन थालेको छ । झण्डै ११ वर्ष अघि २०५८ सालमा सुरु भएको सो मुद्दा चितवन जिल्ला अदालत, हेटौंडाको पुनरावेदन अदालत हुंदै सर्वोच्च अदालतसम्म पुग्यो । डिएनए समेत टेस्ट गरियो र बच्चा गुरुङको नभएको रिपोर्ट आयो । तर, अदालतले महिलाको दाबीलाई नै सदर गरेको छ भने राजिव सो महिलालाई श्रीमती र उनको कोखबाट जन्मेको बालकलाई आफ्नो सन्तान मान्न तयार छैनन् ।
राजिवले वि.सं. २०५८ साल बैशाख २९ गते निमा गुरुङसंग विहे गरेका छन् । तर पटिहानी नजिकैको शिवनगर गाविसकी अर्की एक महिलाले राजिव आफ्नो श्रीमान भएको र वि.सं. २०५८ साल माघ चार गते आफ्नो कोखबाट जन्मेको छोराको पिता पनि राजिव नै हो भन्न थालिन् । छोरो जन्मनुभन्दा पहिले कात्तिकमै राजिवको घरजांदा पस्न नदिएको महिलाको भनाइ छ ।
यो विषमा चितवन जिल्ला अदालतमा मुद्दा परेपछि जिल्ला न्यायधिस इश्वरप्रसाद खतिवडाले बच्चा राजिवको ठहर हुने फैसला सुनाएका थिए । चितवन जिल्ला अदालतले वि स २०६० साल पुस ६ गते सुनाएको सो फैसला चित्त नबुझेपछि राजिव हेटौंडाको पुनरावेदन अदालतमा गए । पुनरावेदनले पनि जिल्ला अदालतकै फैसला ठिक भएको निर्ण दियो । तर राजिव पुनरावेदन अदालतको निर्णय पनि चित्त नबुझेको भन्दै सर्वोच्च अदालत गए । सर्वोच्चले राजिव, महिला र सन्तान तीनैजनाको डीएनए परीक्षण गर्ने आदेश दियो। । सो आदेश बमोजिम राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (नाष्ट)मा तीनैजनाको डीएनए परीक्षण हुंदा राजिव र बच्चाको डीएनए नमिल्ने प्रतिवेदन आयो ।
नास्टबाट यस्तो प्रतिवेदन आउंदा पनि अदालतले बच्चाको बाबु राजिव नै हो भन्ने फैसला गरेको छ । राजिव हाल रोजगारीको सिलसिलामा कोरियामा छन् भने ‘सर्वोच्चले डीएनए परीक्षणजस्तो अकाट्य प्रमाणलाई नमान्दा हामी अन्यायमा परेको छौं’ भन्छिन् राजिवकी दिदी रेनुका ।
सर्वोच्च अदालतका न्यायधिस बलराम केसी र सुशिला कार्कीको संयुक्त इजलासले विस २०६७ साल जेठ ११ गते उक्त मुद्दामा फैसला गरेको थियो । डीएनए परीक्षण गर्ने बेलामा राजिवसंगै अर्को मान्छे पनि प्रयोशालामा गएको भन्ने कुरा आएकाले नाष्टको प्रतिवेदन नै गलत भएको अदालतको जिकिर छ । ‘वादीको अनुपस्थिति रहेको बेलामा प्रतिवादीको साथमा अर्को व्यक्ति पनि भित्र पसेकाले अदालतमा प्रस्तुत डीएनए रिपोर्ट यस मुद्दामा प्रमाणका रुपमा लिईंदैन’, सर्वोच्च अदालतको फैसलामा भनिएको छ । स्मरणीय के छ उक्त परीक्षणप्रति शंका लागे आफूहरु अर्को परीक्षणका लागि पनि तयार रहेको राजीवपक्षले बताउंदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा