एमाओवादीनिकट विद्यार्थी संगठन ‘शैक्षिक माफिया’ भएको आरोप

२६ भाद्र २०६९, मंगलवार ०७:१७ मा प्रकाशित

काठमाडौ, २६ भदौ । पूर्वाञ्चल विश्वविद्यालयमा बेथितिले जरा गाडेको भन्दै त्यसको अन्त्यका लागि प्रमुख तीन विद्यार्थी संगठनहरुले विश्वविद्यालय प्रशासनलाई सोमबार २४ घण्टे अल्टिमेटम दिएका छन् । मंगल–बुधबारभित्र आफूहरुले अगाडि सारेको ७ बुँदे माग पुरा नभए संयूक्त आन्दोलन सुरु गरिने चेतावनी उनीहरुले दिएका छन् ।

अनेरास्ववियू, बैद्य माओवादीनिकट अखिल क्रान्तिकारी र नेविसंघले सोमबार राजधानीमा संयूक्त पत्रकार सम्मेलन गरेर एमाओवादी निकट अनेरास्ववियू क्रान्तिकारी र उपकुलपतिको मिलेमतोमा विश्वविद्यालयको गतिविधि अराजक भएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको माग प्रस्तुत गरेका हुन् । उनीहरुले  प्रवेश परिक्षाका लागि अनलाईन फारमको ब्यवस्था गर्नुपर्ने, परिक्षा केन्द्रीकृत गर्नुपर्ने, ब्यवस्थित शैक्षिक क्यालेण्डर बनाएर समयमै परीक्षा र नतिजा प्रकाशन गर्नुपर्ने, छात्रवृत्तिको पारर्दिशता र विश्वसनियता बढाउनु पर्ने, रि–टोटलिङ र रि–चेकिङको प्रभावकारी ब्यवस्था गर्नुपर्ने , तत्काल स्ववियू काउन्सीलको निर्वाचन गराउनु पर्ने, सिनेटमा विद्यार्थीको प्रतिनिधित्वको निर्वाचन गर्नुपर्ने,  काठमाडौको सम्पर्क कार्यालयलाई प्रभावकारी बनाउनु पर्नेलगायतका माग अगाडि सारेका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयले स्वाथ्य शंकायतर्फको प्रवेश परीक्षा लिने तयारी गरिरहँदा एमाओवादी निकट विद्यार्थी संगठनले नयाँ सम्बन्धन दिलाउन र अन्य कलेजबाट एक विद्यार्थीबराबरको पैसा असुल्न प्रवेशपत्र कब्जामा लिएको भन्दै तीन विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन् ।

पत्रकार सम्मेलनमा अनेरास्ववीयू क्रान्तिकारीका अध्यक्ष सरद रसायलीले एमाओवादीनिकट अखिल क्रान्तिकारीले आर्थिक प्रलोभनमा परी अमानविय कार्य गरेको भन्दै उनीहरुमाथि कारवाही नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । उनले प्रवेश पत्र लुट्ने कार्य सम्पूर्ण विद्यार्थीमाथिको आक्रमण भएको बताए ।

नेविसंघका अध्यक्ष रञ्जित कर्णले अखिल क्रान्तिकारीलाई शैक्षिक माफियाको संज्ञा दिदै  विद्यार्थीको अधिकारको नाममा पैसा कमाउने अभियानमा लागेको दावी गरे । उनले तत्काल घटनाको छानविन गरेर दोषिलाई कारवाही नगरे विश्वविद्यालयका भीसीको राजिनामा माग्दै आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार