कालिकोटमा बस दुर्घटना, २८ को मृत्यु ११ भन्दा बढी घाइते

२६ भाद्र २०६९, मंगलवार ०७:११ मा प्रकाशित

काठमाडौं, २६ भदौ । कालिकोटको सदरमुकाम मान्माबाट जुम्लाका लागि छुटेको बस ना ४ ख ६८७७ नंबरको बस कालिकोट जिल्लाको पाखा गाविस–१ स्थित विर्तामोड भन्ने ठाउंमा दुर्घटनाग्रस्त भएको छ । राती ११ बजे ब्याक गरी घुम्ती मोड्ने क्रममा भएको उक्त दुर्घटनामा २८ जनाभन्दा बढीको मृत्यु भएको बुझिएको छ । ५ जानले बसबाट फालहानेर बच्न सफल भएको बताइएको छ ।
सदरमुकामबाट ३७ जना बोकी हिंडेको उक्त बसमा बीच बाटोबाट पनि यात्रुहरु चढेका कर्णाली यातायात व्यावसायी संघले जानकारी दिएको प्रहरीले जनाएको छ । घटनास्थलमा २८ जनाको शव फेलापरिसकेको छ भने उद्दार कार्य जारी छ । ११ जना सख्त घाइते अवस्थामा छन् । घाइतेहरुलाई उपचारार्थ सदरमुकाम मान्मा पुरयाइएको छ । अत्यन्त सांघुरो बाटो भएको र ब्याक नगरी मोड काट्न नसकिने उक्त स्थानमा ब्याक गर्ने क्रममा चालक असन्तुलित भएर दुर्घटना हुन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
दुर्घटनाग्रस्त बस करिब ५०० मिटर तल खसेर तिला नदीको तिरमा पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा