ब्लेक राजनीतिक भेटघाटमा ब्यस्त, मंगलबार नै वासिङ्टन फर्कनुहुने

२६ भाद्र २०६९, मंगलवार ०७:०९ मा प्रकाशित

काठमाडौं, २६ भदौ । नेपाल भ्रमणमा रहनुभएका दक्षिण तथा मध्य एसियाली मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ओ ब्लेकले आफूलाई राजनीतिक भेटवार्तामा व्यस्त तुल्याउनुभएको छ । सोमबार काठमाडौं उत्रिएलगत्तै राजनीतिक भेटघाट सुरु गर्नुभएका ब्लेकले एमाले अध्यक्ष झलनाथ खनाललाई बल्खु पार्टी कार्यालयमा भेट गर्दै नेपालमा जारी शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन अमेरिकी सहयोग निरन्तर रहने बताउनुभयो ।
पिसकोर स्वयंसेवीको सुरुआत गर्ने निर्णय र माओवादीलाई लगाइएको आतंककारी बिल्ला हटाइएकामा अमेरिकी सरकारको सराहना गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष खनालले संक्रमणकालीन राजनीतिको टुंगो लगाउन राजनीतिक तहमा सकारात्मक वार्ताहरु जारी रहेको ब्लेकलाई जानकारी गराउनुभएको थियो ।
यस्तै, पार्टी कार्यालय सानेपा पग्नुभई ब्लेकले नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलसंग भेट्नुभयो । भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र घटनाक्रमबारे जिज्ञासा राख्नुभएको थियो । राजनीतिक अवस्था तथा राजनीतिक दलहरुबीच जारी वार्ता र मुलुकको राजनीतिक निकासका लागि कांग्रेसले निर्वाह गरिरहेको भूमिकाबारे जानकारी गराउनुभएको थियो । निर्धारित समयभित्र संविधान जारी हुन नसक्नुको कारण मुलुकमा उत्पन्न राजनीतक गतिरोधको सहज निकासका लागि देशका प्रमुख तीन राजनीतिक दलहरुका बीचमा भइरहेको वार्ता तथा विकसित घटनाक्रमबारे समेत उपसभापति पौडेलले अवगत गराउनुभएको थियो । उल्लेखित भेटघाटका अवसरमा नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लू बोडी पनि उपस्थित हुनुहुन्थ्यो ।
ब्लेकले आज मंगलबार प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष्क्ष पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, सेनापति गौरवशमशेर राणालगायतसंग भेटवार्ता गर्नुहुने बताइएको छ । यसैगरी उद्यमी–व्यवसायी समूह, तिब्बती समुदायका प्रतिनिधि, नागरिक समाज तथा मानव अधिकारकर्मीसग मंगलबारै भेटघाट पूरा गरेर अपरान्ह वासिङटन फर्कनुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि