“आसा छ मलाई सजाय मिल्ने छ ” -ज्ञानेन्द्र राई

५ चैत्र २०६८, आईतवार ०३:०६ मा प्रकाशित

साँचै लगभग उस्लाई मैले भुलिसकेको थिएँ !विहान भर्खरै चिया खान भ्याएको थिएँ !कान्तिपुर का तिन पाना हेर्न अझै बाँकि थियो !मेरो कोठाको ढोकामा कसैले आफु कोठा भित्र आउन चाहेको संकेत दियो !म कोठामा हुँदा म प्राय: कोठामा चुकुल लाउने गर्दिन !मैले पत्रिका तल तिर लगाउदै भने – “भन्नुहोस ” ढोका खुल्यो! ” सन्चै हुनु हुन्छ भाई? “उनको मुहारमा संकोच लाग्दै हाँसो फैलियो !मैले पत्रिका एक तिर राख्दै भने ” ओ हो दिदी आज कता बाट सम्झनु भो?”
मेरो माने थियो धेरैमा हाम्रो भेट भयो !तर दिदी ले अर्कै सुझिन निदौरो अनुहार लगाउदै बोलिन “के गर्नु भाई टालेको जिबन केहि आफु संग नअल्झिने तपाइको भुलेको त थिईन ,भएन के गर्नु म संग सारै रिसाउनु भो होला” मैले सहज बनाउन मेच तिर देखाउदै भने “किन बाहिरै उभिनु भो नि दिदी आउनु होस्न” दिदीले कोठामा बिछाएको कार्पेट लाई ठिटलाग्दो पाराले हेरिन र भनिन “म खुट्टा धुन्छु है भाई पहिले ” मैले दिदीको खुट्टा हेर्दै भने “पर्दैन पर्दैन दिदी मेरो कोठामा पस्न लाई खुट्टा धुनु पर्ने आवशेक छैन “दिदीका खुट्टामा पसिनाले धुलो प्रसस्तै पक्रिएको थियो !सायद पैदल हिडेर आएको हुनु पर्छ !निकै समय लाएर !दिदीले म तिर हेरिन र थोरै हाँस्दै भनिन “पानी कता होला ?” मैले दिदी तिर हेरें दिदीका ओठ अफ्ट्यारो मान्दै तन्किए!
यो दिदीको नाम म जान्दिन दुइ बर्ष पहिले पहिलो पटक हाम्रो चिनजान भएको थियो !जोरपाटी मा म बहालमा बस्दा म बस्ने घरको तल्लो तलामा यी दिदी बस्थिन !उसका श्रीमान दुई छोरी र दिदीका लागि त्यो कोठा पर्याप्त थियन !कोठा सानो थियो !त्यो सानो कोठामा पुरै दुइ बालक र एक दाम्पति अत्नुका साथै किचन पनि अत्नु पर्थ्यो ! म छक्क पर्थे !लख लाउन सक्दिनथे त्यो कोठा भित्र कतिवटा सोफा अट्न सक्लान ?मलाई कहिले त्यो कोठाको नजिक गएर हेर्ने समय भएन वा यस्तै चाहिन !मेरो कोठामा आउदा जाँदा सिंढी बाट प्राय : मेरा आँखा त्यो सानो कोठामा अक्सर पर्ने गर्थियो !ढोका को अगिल्तिर पुराना जुत्ता र स्यान्डल का केहि जोर अस्त ब्यस्त छक्क परिरहेको देख्ने गर्थें !ढोका प्राय: बन्द देखिन्थे! यदा कदा ढोका खुल्लै हुँदा कोठा अध्यारो ओडार जस्तै देखिन्थे !खुल्ला र बन्द ढोका बाट अक्सर गरेर बच्चा रुएको म सुन्ने गर्थे !
“यस पालि जाडो अतिनै छ हकी भाई?” दिदीले खुट्टा धुईछिन् !ढोका को पर्दा हटाउदै मलाई दिदीले हेरिन! “हो दिदी सबै यसै भन्छन !अझ पुस सकिएकै छैन माघ मा कस्तो होला?” मैले भनि सकेर दिदी लाई हेरें !दिदी अफ्ट्यारो मान्दै हाँसिन!मैले मेच तिर देखाउदै भने “बस्नुहोस्न दिदी अफ्ट्यारो मान्नु भो कि के हो?” मैले हाँस्दै मेरो कुरा टुंग्याएं!
दिदी विस्तारै मेच मा बसिन्!मैले हेरें दिदीको शरीरमा रातो सतह मा पहेंलो ठुला ठुला थोप्ला भएको नयाँ कुर्ता सुरुवाल थियो !सायद आज नै पहिलो पटक लगाएको हुनु पर्छ !खुकुलो कुर्ता सुरुवाल शरीरमा खासै आकर्षण दिन सकेको थियन !मैले पुराना दिन सम्झन खोजें “हाम्रो भेट नभएको झन्डै दुई बर्ष लागेछ हैन दिदी?अँ हो म यता सरेको चैतमा हो अहिले पुष हुदैछ !दुई बर्ष पुग्नलाई पुरै तिन महिना बाकिछ !” मैले दिदी तिर हेरें “अनि तपाई त्यहि बस्नु हुन्छ कि कतै सर्नु भो?” दिदीले मलाई हेरिन र किताबका र्र्याक तिर आखा मोड्दै बोलिन ! “त्यहा बस्न सकिन भाई!म पनि अर्को कोठा सरेको एक बर्ष वित्न लाग्यो ” “राम्रो गर्नु भो त्यो कोठा तपाइको परिवारलाई पर्याप्त थिएन !चिसो पनि उतिकै थियो होला हैन?तपाइको सानो बच्चा को लागि चिसो कोठा पक्कै राम्रो थिएन ” दिदीले पुरानो ब्याग को चेन खोल्दै बोलिन “भाई म त्यति भाग्यमानी आमा हैन !आफ्ना छोरा छोरी तातो कोठामा सदा देख्न सकुँ! दिदीले ब्याग बाट साना साना अंकको रातो हरियो नोटको ठुलो विटा झिकिन र मतिर बढाइन! पुन दिदी बोलिन “तपाइँ भन्नु हुन्छ भने मेरो अहिलेको कोठा पहिलेको तुलनामा धेरै सानो र बद्तै गुना चिसो छ !ढोका को लागि मैले केहि बकुलो बोरा हरु जोडेर बनाएको छु !” अन्तमा दिदी फिस्स हाँसिन र बोलिन “किन छक्क पर्नु भो?लिनुहोस् पुरै पच्चीस सय छ! गन्नु भए राम्रो हुन्छ ” दिदीले मेरो अगाडी बढाएको नोट अझ मेरो नजिक ल्याइन !मैले हडबडाउदै पैसा समाएँ! मलाई त्यो पैसा लिउँ कि न नलिउ भो !थर्डइअर फम भर्ने समय सकिन लाग्यो !घर बाट पठाएको फर्म भर्ने पैसा अस्तिको पिकनिक मा खर्च भएको छ !पक्का छ म संग बचेको पैसा ले फर्म भर्न पुग्दैन !कलेज आउदा जाँदा क्यान्टिन मा भर्ने खर्च पनि केहि दिन मा ठप्प हुने पक्का छ !घरमा मागौ किताब र टियुसन को लागि छुट्टै पैसा माग्नु छ !सबै तिरको लागि पैसा दिनु हुदैन भन्नेमा म ढुक्क छु !म के गरौ ?एकछिन म भनन भएँ !” पढ्ने मान्छेको पैसा मैले चलाई दिनु त नहुने” दिदि दुख मान्दै पुन बोलिन् “मैले तपाई लाई धेरै सम्झे!मैले चलाई दिएको पैसा के को लागि थियो?एक पटक ल्याइदिनु भनेर ठिक्क पारेको थिएँ !जाउला भरै भोलि !के गर्नु दुखीको दिनमा बज्र वर्षाको आँखा लाग्ने !होटलनी आएर उधुम मच्याइन !!भर्खर सुतेको छोरी उठेर रुन थाली हतार हतार झिकेर भएको पैसा थमाई दिएँ ” दिदी बोल्न रोकिन मैले अडकल गरें दिदीमा यो भन्दा सम्यम हुने शक्ति दिदि मा छैन !हामी दुबै चुप भयौ !
“भाई ! एक्लै महिला ले बच्चा हुर्काउन गाह्रो हुदो रहेछ !मैले धेरै खेपेको छु ,धेरै सहेको छु …धेरै !” दिदीको स्वर सानो हुदै अति सानो भयो अन्तिम शब्द मैले बुझ्न सकिन !मैले दिदी लाई हेर्दै भने !”अनि तपाईको श्रीमान आजभोली गाडी चलाउन ..!” “उस्ले अर्की संग विहे गर्यो !हामी छुटेको पनि बर्ष दिन भयो होला” मेरो कुरा काटेर दिदीले छिटो छिटो आफ्नो कुरा सकिन !मैले छक्क पर्दै भने “त्यसो भए तपाई एक्लै?” दिदी फिस्स हाँसिन र बोलिन “दुईटी छोरी ” मेरो मुख खुल्ला को खुल्लै भए !दिदी मलाई हेरेर फिस्स हाँसिन !”अर्की श्रीमती विहे गरेर बसेकोमा तपाइलाई दुख लाग्दैन?” मैले आवेगमा सोध्न पुगेछु !म आफै लाई थाहा भएन मैले के सोधे?पछी याद भो यो पनि प्रश्न हो?आफुलाई सम्भाल्न मन्द हाँसो हाँसी रहेकी दिदी खोक्दै झयाल बाहिर हेरिन !दिदीका आँखा बाट निकास खोज्दै आसु टम्म भए !मैले दिदीले दिएको पैसा हेर्दै भने “दिदी यदि तपाई लाई अहिले पैसाको जरुरत छ भने यो लान सक्नु हुन्छ !म आफ्नो खर्च कटौती गरेर पनि मेरो पढाई अगाडी बढाउन सक्छु ”
दिदीले मलाई भर्खरै आसुले निकास पाएको आँखा बाट एकटकले हेरिन र बोलिन् “मैले अभाब संग सघर्ष गर्न जानी सकेँकी छु !भो भाई म यो पैसा लान सक्दिन! बरु म अरु संघर्ष गर्न तयार छु !हस भाई म जान्छु !नभुल्नु होला ” दिदि सरासर बाहिरिन !म हेरेको हेरै भएँ !बाँच्नु के लाई भन्छ ?बार बार पिडामा मर्नु लाई भन्छ की स्वास संगको प्राणीको सम्बन्ध लाई ?सजिलो सोच्ने म, मेरा लागि अहिले यहि गाह्रो भएर आयो !दिदीले दिएको पैसाको निहाल्दै म एकछिन दिमाग शुन्य रहेँ!म यो संसारको एक मात्र त्यस्तो कम्जोर केटा हुँ जो हर हालत मा आफ्नो सहि निर्णय सहि समयमा लिन सक्दैन !चाडो निर्णय लिन नसक्नु मेरो ठुलो कमजोरी हो !जसरि हुन्छ दिदीलाई पैसा लान मैले मनाउन सक्नु पर्थ्यो !मलाई पहिलो पटक आफु जिबन मा खस्किएको भान भयो !एक दुखि महिलाको निम्ति एक हप्ता क्यान्टिन त्याग्न नसक्ने म कुन स्तरको जिबन जिउने व्यक्ति हुँ?वास्तबमै म मज्जालेनै केहि खस्किएको छु !मेरो त्यो दिन भरि पुरै तुवाँलोले ढाक्यो !
अरु दिन लस्करै बिते !नयाँ बर्षका इटाहरु थपिए !फेरी फर्केर दिदि मेरो कोठामा आइनन् ! दिदीलाई भेट्न म गईन !दिदि कहाँ बस्थिन मलाई थाहा थिएन !त्यस पछी त्यो अन्तिम भेट हुदै पुरै दिदी लाई भुल्दै गएँ !कहिले काही बाटोमा हिड्दा आकर्षक बिहिन कपडा लगाएको महिला लाई देख्दा दिदी लाई सम्झने गर्थे !
त्यस दिनको लागि म कोठा फर्कन निकै अबेर भई सकेको थिएँ !बेलुकीको ८ बाजी सक्दा पनि म अझै मित्रको कोठामा गफ गर्न ब्यस्त थिएँ !पार्दसिक सिसाको झयाल बाट बाहिर देख्दा म हतारिए ” ल रात परिसकेछ म जान्छु बाँकी कुरा कुनै दिन रोजौला !” “आज बस त अरु कुरा गर्न बाकीनै छ !जरुरी कुरा गर्नु छ” मेरा मित्र मलाई बसाउन को लागि कुनै बाँकी कुरा सम्झाउदै थियो !मैले बाहिरिदै भने ” आज समय भएन अरु दिन यसको बारेमा कुरा गर्न हामी संग समय नहुने हैन !मैले कोठा पुग्नु पर्छ !रातको तीन बजे खाने पानीको लागि भोलि मैले उठ्नु पर्छ !थाहा छ मैले एक हप्ता को लागि खाने पानी बिहान हुनु अगाबै सुरक्षित गरि सक्नु पर्छ ”

म बेलुकीको व्यस्त सडकमा निस्कदा एउटा गाडीको हेडलाईटले मेरो अनुहार पढेर गयो !म अली कम यात्रु बोकेको बस मा पसें !बेलुकीको बसमा यात्रुको चाप बढी हुन्छ !खाली सिट बाँकी रहेनछ !एउटा सिटमा अडेस लगेर उभिएँ !बस भित्र मधुरो प्रकास थियो !कतिको मधुरो ?म छेउको यात्रुको मुहार पनि राम्रो देख्न सक्दिन थें ! “भाँडा दिदै गर्नु होस् है भरै सजिलो हुन्छ !” बसका यात्रु परिचालक मधुरो प्रकासमा पैसा गन्दै बोल्यो !जब मैले भाँडा को लागि पकेट छामे म एक्कासी ओहोरो हुन् पुगें !पकेटमा वालेट छैन त !यो गोजी छाम्छु त्यो गोजी छाम्छु छैन !मेरो ओठ सुक्यो अब म कसरी कोठा पुगौला?परिचालक संग मेरो प्रश्न उत्तर करारी सहि मोडमा लीई सुरक्षित म मेरो कोठा पुगौला?
मेरो असामान्य क्रियाकलाप देखेर होला म संगैको यात्रुले सोध्यो “के अफ्ट्यारो भो?” मैले दुखि हुदै भने “मैले वालेट बोक्न त बोकेकै हुँ तर अहिले पकेट मा छैन ” “के भो?” परिचालक एक्कासी ठुलो स्वर मा कड्कियो ! मैले भने”हेर्नुहोस मैले मेरो कोठा हरहालतमा पुग्नु पर्छ !तर म संग त्यसको लागि थोरै पैसा पनि बाकी छैन !”
भन्नु होस् म के गरौ ?” बस भित्र हल्ला मच्चियो !मैले राम्रो सुनिन! आपत र जोखिम मा कानले पनि आफ्नो धर्म भुल्दो रहेछ !भनेका होलान के भएछ ? उत्तर दिने भन्दा हुन् यस्तो भएछ !परिचालक बम्कियो !”हिजो मात्र एउटा ले यसै भन्यो !हैन पैसा नहुने बसमा पस्नु चाही किन ?दुई ओटा खुट्टा के का लागी ?दिउसो भए जानेको थिएँ कसरि निकाल्नु पर्छ !राति हो छाडी दिन्छु !नाथे १४ रुपयाँ ले यो गाडी रोक्किने हैन ! के मलाई सबैले लाटा देख्छन?”
मलाई यति रिस उठ्यो कि मेरो कान झन्न गर्यो !गाला भत् भत् पोल्यो!एकातिर वालेट हराएर पर्नु पिर परेको छु अर्को तिर बस भाडा तिर्न नसकेको मा यस्तो गाली?मैले सक्दो संयम हुदै भने “हेर भाई[उमेर मा उ म भन्दा जेठो हुनु पर्छ ] म तिमी जस्तो मुर्ख थिईन बुझौ ?गाडीमा पस्नु अगाडी वालेट हराएको जानेको भए तिमीले शब्द खर्चिन लाई यति कस्ट उठाउनु पर्ने थिएन !गाडी रोक म झरी दिन्छु “शिजा भाई ?” पछाडी बाट परिचि जस्तो आवाज आयो !मैले मधुरो उझ्यालोमा पछाडी हेरें ! दिदी उही रातो सतह मा पहेंलो ठुला ठुला थोप्ला भएको कुर्ता सलवार मा मलाई हेरेर हांसी रहेकी थिईन !मैले खुसि हुदै भने “ए…!नमस्ते दिदी तपाई पनि हुनु हुन्छ यहाँ ?अध्यारोमा राम्रो देखिदैन “दिदीले पातलो सल् मिलाउदै बोलिन “अगी देखि सुन्छु भाई जस्तै लाग्छ !” दिदी हाँसिन र पुन बोलिन “त्यस्तो रिस त नहुनु पर्ने सोच्दै थिएँ ” मैले थोरै हास्दै भने “हेर्नुहोस्न हुन त वालेट हराउनु मेरै लापरवाही हो !तर हराएको पहिले जानेको भए यसरि गाली खान म मरे पस्ने थी’न !सम्झनु होस् त के म वालेट हराएको मा दुखि छैन ?”
“अँ सुन्नु होस् त दाई” दिदीले परिचालक लाई इंगित गरिन “तपाई दुख नमान्नु होस् सुन्नु भो?भाई को पैसा म तपाइलाई दिने छु !” परिचालक ले मलाई एक पटक पुलुक्क हेर्यो !मैले हाँस्दै भने “हैन दिदी भो पर्दैन !मलाई निकाली दिएपनि अब म सजिलै कोठा पुग्न सक्छु !दिदी हाँसिन !मैले परिचालक लाई हेर्दै भने “मेरो भाडा नदिए पनि मलाई सित्तैमा लगिदिने अगी दाई संग मेरो कुरा मिली सकेको छ नि हैन त दाई ?” सबै यात्रु हरुको बस भरि हाँसो फैलियो !एउटा यात्रु बोल्यो “हो नि हामी के त्यति साह्रो मिल्छौ होला र? दुवै जना को रिस अझ मिल्ने ” फेरी बस भरि हाँसो बहकियो !परिचालक झयाल बाट बाहिर हेरी रहेको थियो उसको फुक्को फुस्रो कपाल लाई हावाले लैबरी खेलाउदै थियो !एक किसिम को कपाल कपाल बिचको लाप्पा !”रोकी दिनु होस् त म झर्छु !” दिदीले उठ्दै बोलिन !गाडी रोकियो !दिदीले मलाई हेर्दै भनिन “ल भाई सम्झनु होला म झरें है ” मैले बसको झ्याल बाट बाहिर हेर्दैभने “त्यसो भए तपाई यहाँ बस्नु हुन्छ ?” बस बात झर्दै दिदि बोलिन “हैन म फर्कन्छु !यहाँ हस्पिटल मा साथीको सानो छोरी बिमारी छे ! भेट्न आउदै छु ” दिदीले मेरो पनि पैसा परिचालक लाई थमाई दिईन!
जम्मा हाम्रो अट्ठाइस [२८] रुपयाँ !एउटा विस [२०] को नोट र पाँच [५ ] को नोट संग दुई [२] वटा सिक्का दिएकी थिइन् !त्यो सिक्का दुई को र एक को हुनु पर्छ !के दिदी ले आउन र जान मात्रै पैसा बोकेकी थिइन् ?म चिसो भएँ !गाडी हिड्नै लाग्दा मैले हतारमा सोधें ” फर्किन लाई दिदी संग पैसा त छ हैन ?'” दिदीले मलाई हेरेर हाँसिन र भनिन् “छोरी ठुली भै सकी !म नभए पनि उ आफै सुत्न सक्छे !के भो र म हिडेर फर्कौला नि !उ असल छे रुदैन ”
म पछाडी हुत्तिएँ!गाडी बेगमा अगाडी बढ्यो !मैले दिदी लाई हेर्न झ्याल बाट मुन्टो निकालेर पछाडी हेरें !गाडी निकै अगाडी बडी सकेको थियो !धेरै मान्छेको हुलमा मा मैले दिदी लाई ठम्याउन सकिन ! मैले लामो स्वास ताने तब मैले थाहा पाएँ म आफुलाई धेरै दुखि महसुस गर्दै थिएँ !मेरो झर्ने बेला समय भयो !मैले बस बाट झर्दै परिचालक लाई हेरें उ मलाई गौण गरेर हेर्दै थियो !मैले भने “नरिसाउनु होला म वालेट हराएकोमा धेरै दुखि छु ” उसले मलाई हेर्दै बोल्यो “म पनि तपाई जस्तो मुर्ख छैन !सानो कुरामा रिसौछु !ठिकै छ म रिसाएको छैन तर मलाई मुर्ख नभन ” मैले रोट मा उभिएर उसको मुहार हेरें !गाडी मलाई छोडेर अगाडी बढ्यो !मैले राम्रो उसको अनुहार पढ्न पाइन !उ म संग जिस्कदै थियो कि उसलाई मुर्ख भनेको मा दुखि थियो ?मैले छुट्याउन सकिन !
बिहानै सेलफोन को घन्टी ले म बिउझिएँ!हिजो भेट्न गएको मित्रको फोन रहेछ !उठाउने वित्तिकै मेरो वालेट उसैको कोठामा छुट्न पुगेको जानकारी दिन्छ !अन्तमा कसरि पुगिस भनेर सोध्छ !मलाई त्यो वालेट भेटेकोमा खासै खुसि मिल्दैन !भन्छु “त्यो वालेट छुत्नाले मैले चिनेको एउटी दिदी लाई लाग्छ रात भरि रोटमा हिडाएं ! म वालेट लिन भरै भोलि तिर आउछु त्यो पनि मूड भयो भने !” फोन राखी दिन्छु !पानी भर्न पनि भुलेछु !ठिकै भो चिसो लाग्न बाट बचियो !यो काठमाण्डौ को चिसो त्यसै पनि मेरो लागि पाच्य छैन !एक हप्ता होटलमा खाँदा पनि हुन्छ !मुख धुएर पानी उमाल्दा उमाल्दै सुन्छु हलुका बस्तु भुईमा पछारियो !पत्रिका ल्याएको हुनु पर्छ! हेर्छु मेरो अव्यस्त सोचाई गलत भएन रहेछ !मेच मा बसेर पत्रिका पल्टाउछु ! हेड लाइन मा लेखिएको छ !” मध्ये राती मध्ये सडकमा दुर्घटना ” अरु लेखिएको रहेछ -मृतक को नाम ठेगाना खुल्न नसकिएको !दुर्घटना को प्रकार बारे पत्रकार को प्रस्न मा सुरक्षा कर्मी को उत्तर यस्तो रहेछ “यो शहरिया रात्रि कालिन जिबनमा रम्ने यरिया हो !हाम्रो स्रोतको अनुमान छ यो महिला यस्तै पेसेबर महिला हुनु पर्छ !नत्र रातको एक बजे बाटो क्रस गर्नु पर्ने केको जरुरत ?” र अन्तमा लेखिएको रहेछ !बाँकी चौध पृष्ठमा !मैले चौध पृष्ठ पल्टाएँ !चौध पृष्ठ को रंगिन फोटो देखने बितिकै मेरो टाउको फुलेर टम्म भो !कान रिन्न बज्यो !फोटोमा म देख्दै थिएँ उही रातो सतह मा पहेंलो ठुला ठुला थोप्ला भएको कुर्ता सलवार मा उही प्यारी दिदी धुलौटे रोट मा निस्फिक्री लडिरहेकी थिइन् !रगतले पुरै सडक भ्याएको थियो !दिदीको जिउदो एकनासे पिडा अहिले अनुहार बाट हटी सकेको थियो !खै कसरि हो त्यहि अनुहार मलाई हेरेर हाँस्ने दिदीको अनुहार भन्दा फरक लाग्यो !सुरक्षा कर्मीको अनुमान लाई र यो पत्रिका लाई खिसी गरेजस्तै देखें !मेरा दुवै पटिका गाला गह्रौ भएर आयो !मैले एकै झड्कामा पत्रिका लाई मेच मुनि हुत्यई दिएँ !
के गरौ के गरौ भएँ! कोठामा ओहोर दोहोर गरि रहेँ! मनमा धेरै कुरा हरु खेले !हिजो दिदी संग छुट्ने बेलामा भनेको सम्झिएँ !भनेकी थिइन् “छोरी ठुली भै सकी !म नभए पनि उ आफै सुत्न सक्छे !के भो र म हिडेर फर्कौला नि !उ असल छे रुदैन ” आणविक बम को कयौ अणु ले मलाई गाल्दै गएको भन भयो !मैले झट्ट सोच्न भ्याएँ आज यो देशले अभाग्गी दुई बालक लाई सडक बालक मा स्वीकार्दै छ !ओहो !! यो कत्रो दुर्भाय !म मेचमा थचकै बस्न पुगें !म महापापी हुँ!यो सब मेरो कारण ले भएको हो ! बच्चा रुएको देख्दा पनि मन सम्मालं नसक्ने दिदीले एक पटक मलाई भनेकी थिइन् “मैले तपाई लाई धेरै सम्झे!मैले चलाई दिएको पैसा के को लागि थियो?एक पटक ल्याइदिनु भनेर ठिक्क पारेको थिएँ !जाउला भरै भोलि !के गर्नु दुखीको दिनमा बज्र वर्षा को आँखा लाग्ने !होटलनी आएर उधुम मच्याइन !!भर्खर सुतेको छोरी उठेर रुन थाल्यो हतार हतार झिकेर भएको पैसा थमाई दिएँ ” म भनन् भएँ त्यो कुरा सम्झेर !बच्चा रुएको देख्दा सम्मालिन नसक्ने दिदी भोलि उसका छोरी हरु भोकभोकै सडक मा लड्दा दिदीको आत्माले के शान्ति पाउला?दिदीको कोठा थाहा पाउँदो हुँ त् म उसका बच्चाको बारेमा केहि सोच्ने थिएँ !सम्झन्छु हो दिदीको कान्छी छोरीको म जान्दिन !जेठी छोरी चार बर्षको थियो होला म डेरा सर्दा !म सरेको दुई बर्ष भो जेठी छोरी छः बर्ष को हुनु पर्छ !कसरि हुर्केला ति बालक ?कति दिन आमा फर्कने कुरा सम्झदो हुन्? के थाहा उनी हरुलाई आफ्नी आमा चौध रुपयाको सस्तो जिबनमा आफ्नो मृत्यु सडकमा लिपिसकिन भनेर !म भनन् भएँ !कसैले मेरो मुटुमा एकनासले लट्ठीको लगातार बर्षा गरे जस्तै भान भो !म छटपटीएं के गर्ने कसरी सान्त हुने मैले कुनै निस्कर्ष लिन सकिन !मेरो चेत फर्कदा म गेट बाहिर निस्की सकेको थिएँ !म एक छिन उभिएँ !प्रश्न गरें आफै लाई म कहाँ हिडेको? उत्तर खोज्दा खोज्दै अर्को प्रश्न थपियो !कोठा किन बस्छ्स?म सरासर मेन रोड निस्किएँ र किनारा समाएँ !गाडीले झर्को गरौ संगीत दिदै थियो !मेरो पसिना आएपछि मैले थाहा पाएँ म धेरै हिडिसकेको छु !म सडकको किनारमा उभिएर गाडी यता उता गरिरहेको हेरी सहें !हेर्नु मेरो सोख थिएन! वास्तबमा भन्ने हो भने म आफैलाई थाहा छैन म के हेर्दै छु ?नजिकै सिक्का बजेको आवाजले मलाई आवाज तिर फर्कन बाध्य गरायो !फर्केर हेरें एक बालक खाली खाली भाँडा म तिर अगाडी बढाउदै थियो !मलाई झनक्क रिस उठ्यो !कतिलाई दिएर सक्नु ?झापट लगाउने त्रास दिएर खेदिदिउ!मैले धेरै पटक यसरीनै खेदेको छु !गाली गर्न लाई उसको अनुहार मात्र के हेरेको थिएँ!मलाई उही खुकुलो रातो सतह मा पहेंलो ठुला ठुला थोप्ला भएको नयाँ कुर्ता सुरुवाल लगाउने दिदी लाई सम्झन पुगें !दिदीका मैले नदेखेको बालक छोरी हरुलाई सम्झे !उनी हरु यसरीनै सडकमा थाप्दा हुन्!मैले बालक लाई हेरेर भने “मलाई त्यो एक को एउटा सिक्का दिन्छौ?” बालक मलाई हेरेर छक्क पर्यो !मैले पन्ध्र रुपयाँ उसको भाँडा मा लगाई दिएँ र भने “अब मलाई एउटा त्यो सिक्का देऊ तिमीलाई पुरै चौध रुपयाँ हुन्छ ” उसले खुसि हुदै मलाई एक को एउटा सिक्का दियो !रोटको किनारामा हिड्ने यात्रुले मलाई छक्क परेर हेर्दै थिए !उनी हरु यो चौध रुपयाँ र यो एउटा सिक्काको जान्दैनन्! म सिक्का लाई दह्रो मुट्ठीमा कसेर किनारा हुदै फर्किएँ !मैले त्यो सिक्काको निकै पटक पल्टाई पल्टाई हेरें !यो रोट को लागि चौध रुपयाँ दिन नसकेर मृत्यु अंगालेकी दिदी लाई सम्झें !टक्क उभिएर रोट तिर हेरें !पैसाको भोको यो रोटको लागि प्यारी दिदीको तर्फ बाट-मैले एकको सिक्का एक पटक निहालेर रोट तिर फ्याली दिएँ!सिक्का दुई पटक फन्को मार्न नपाउदै एक सामान बाहक गाडीले किचेर गयो !मलाई त्यो किचिएको सिक्का फेरी फर्किएर हेर्न मन लागेन म सरासर फर्किएँ !

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो