दशैंमा नयां नोट अभाव नहुने राष्ट्र बैंकको दाबी

२६ भाद्र २०६९, मंगलवार ०७:०७ मा प्रकाशित

काठमाडौं, २६ भदौ । विपक्षीले पूर्ण बजेट ल्याउन नदिएकोले दशैंमा नयां नोट दिन नसकिने भनी सरकारका मन्त्रीहरुले सार्वजनिक अभिव्यक्ति दिइरकेका बेला राष्ट्र बैंकले दशैंको समयमा २० प्रतिशत बढी नोट बजारमा प्रवाह गरिने बताएको छ । नयां नोटको सबैभन्दा बढी माग हुने दशैंको समयमा अभाव हुन नदिने उसले दाबी गरेको छ । राष्ट्र बैंकका अनुसार करिब ४० अर्ब रुपैयांबराबरको नयां नोट दशैंको समय बजारमा आउने छन् ।
राष्ट्र बैंक सुत्रका अनुसार सबै क्षेत्रिय कार्यालयमा नयां नोट पठाइसकिएको छ भने केहि साताभित्रै ती नोट अन्य बैंकमा पुगिसक्ने छन् ।साथै नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका ६६ जिल्लामा रहेका शाखाबाट पनि नयां नोट उपलब्ध हुने दाबी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध

पूर्वी नाका काँकडभिट्टाबाट बङ्गलादेश निर्यात हुने सामानको तुलनामा बढी आयात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष

काठमाडौं । महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ