आत्महत्या रोक्न बहस

२६ भाद्र २०६९, मंगलवार ०६:०९ मा प्रकाशित

काठमाडौं, २६ भदौ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरको अवसरमा नेपाल आत्महत्या रोकथाम एवं मानसिक स्वास्थ्य अनुसन्धान केन्द्रले आत्महत्या कसरी रोकथाम गर्ने भन्ने विषयमा राजधानीमा बृहत  अन्तरक्रिया गरेको छ । नेपाली समाजमा दिनानुदिन बढ्दै गएको आत्महत्या, यसको रोकथाम र सरकारको दायित्व विषयमा सोमबार आयोजित अन्तरक्रियाका वक्ताहरुले नेपालमा डरलाग्दो ढंगमा बढिरहेको आत्महत्याको घटनाप्रति चिन्ता प्रकट गरे ।

अन्तरक्रियामा बोल्दै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मानसिक स्थास्थ्य विभाग प्रमुख प्रा. डा. सरोज ओझाले आप्mनो जीवन के हो भन्ने र सार्थक जीवनको महत्व नबुझी आत्महत्या प्रयास गर्ने व्यक्तिहरुलाई बचाउन सकिने बताए । प्रा. डा. ओझाले भने– ‘आत्महत्या गर्न खोज्नेहरुलाई रोक्न सकिन्छ, त्यसमा सरकारले विशेष पहल गर्नुपर्छ ।’

यस्तै, त्रिवि केन्द्रीय मनोविज्ञान विभागमा कार्यरत प्रा.डा. शिशिर सुब्बाले समाजमा विग्रह, द्वन्द्व, अन्धविश्वास, गरिबी, वेरोजगारी आदिका कारण बर्षेनी लाखौं मानिसले आत्महत्या रोज्ने गरेको दाबी गरे । उनले आत्महत्या सामाजिक विचलन, रुग्ण मानसिकता र एक्लो पन मूख्य समस्या भएको भन्दै द्वन्द्वको बेला धेरैले परिवार सम्पत्ति मात्र गुमाएनन् डिप्रेशन रोग पनि कमाए जसको कारण अहिले पनि मानसिक रोगी भई आत्महत्या गर्नेको संख्या थपिँदै गएको दाबी गरे ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै डब्लुएचओ पब्लिक हेल्थका प्रशासक डा. फ्रेङ्क पाउलिनले आत्महत्या अन्तर्राष्ट्रिय समस्या भएको भन्दै नेपालजस्तो विकासशील मुलुकमा त झनै विकराल अवस्था निम्तिदै गएको धारणा राखे । उनले भने– ‘संसारभर बर्षेनी १० लाखभन्दा बढी मानिसहरुले आत्महत्या गरेको र ५० लाखभन्दा बढी मानिस प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित हुने गरेका छन् ।’

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ