‘गतिरोध अन्त्यका लागि राष्ट्रपतिबाट ढिलाई’

२६ भाद्र २०६९, मंगलवार ०६:०२ मा प्रकाशित

काठमाडौ, २६ भदौ । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले मुलुकलाई निकास दिन राष्ट्रपतिले चाल्नुपर्ने कदममा ढिलाई भएको औंल्याउंदै तत्काल अग्रसरता लिनुपर्ने सुझाव दिनुभएको छ ।

राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहांले एक साताको समय दिएर राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीको नाम दिन दलहरुलाई आव्हान गर्नुपर्ने र सो समयभित्र पनि नाम नआए विघटित संविधानसभामा बहुमत प्राप्त दलहरुको सिफारिसमा बहुमतको सरकार गठन गरेर मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो ।

अहिले मुलुकमा संवैधानिक निकाय राष्ट्रपति मात्रै भएको भन्दै डा. महतले जनमतको आधारमा राष्ट्रपतिले कदम चाल्नु पर्ने धारणा अघिसार्नुभयो । संविधानका विवादित विषयमा पूर्ण रुपमा सहमति बने संविधानसभाको पुनःस्थापना केही समयसम्मको लागि गर्न सकिने भन्दै उहांले अन्यथा नयाँ संसदको निर्वाचनबाहेक कुनै विकल्प नभएको उल्लेख गर्दै भन्नुभयो– ‘जसरी पनि बैशाखसम्ममा नयाँ निर्वाचन गर्नै पर्छ ।’

साक्षात्कारमा एकीकृत नेकपा माओवादीका नेता लिलामणि पोखरेलले सेरेमोनियल राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन र नियूक्त गर्न नसक्ने भन्दै सरकारको निर्णय मान्नुको विकल्प नभएको तर्क गरे । उनले सर्वोच्च अदालतको आदेशले गर्दा संविधानसभाको अवसान भएको भन्दै संविधानका विवादित विषयमा सहमति जुटाएर संविधानसभा पुनःस्थापना गर्ने, पाँचबुँदे सहमति कार्यान्वयन गर्ने र स्वतन्त्र ब्यक्तिको नेतृत्वमा चुनावी सरकार गठन गरेर निर्वाचनमा जानेबाहेक अहिले मुलुकमा निकासको विकल्प नरहेको बताए ।

राप्रपा अध्यक्ष पशुपति समशेर राणाले तीन दलसँग मुलुकलाई निकास दिने हैसियत र क्षमता नभएको दाबी गरे । एकवर्षमा ६ पटक पेट्रोलियम पदार्थ र विजुलीको महसुल बढाउने सरकारले जनतामाथि न्याय गर्नै नसक्ने दाबी गर्दै राणाले  महंगीलाई सरकारले नेतृत्व गरिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत