म्यानपावर अफिस तोडफोड गर्ने पक्राउ

२६ भाद्र २०६९, मंगलवार ०५:५५ मा प्रकाशित

काठमाडौं, २६ भदौ । जेठल–६ बस्ने निरबहादुर श्रेष्ठ र हिरालाल श्रेष्ठलाई १० के.जी. अवैध सालकको खपडा, नगद २४ हजार ५ सय, सुनको औंठी २ थान र एनसिसी बैंकको ३ लाखको चेकसहित माङ्खा–१ स्थित ड्यामसाइडको सुरक्षार्थ खटिएको नेपाली सेनाले पक्राउ गरी इलाका प्रहरी कार्यालय बाह्रबिसेमा बुझाएको छ ।

यसैबीच, ललितपुर उपमहानगरपालिका–३ पुल्चोक कृष्णगल्लीमा यमबहादुर के.सी.ले संचालन गरेको लक्की ओभरसिजमा तोडफोड गरेको अभियोगमा काठमाडौं गोगंबु बस्ने दोलखाका २७ वर्षीय दिपक तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । निज तामाङलाई सो ओभरसिजले २ वर्षअगाडि साउदीअरब पठाएकोमा विदेशमा रहँदा काम गर्ने कम्पनीमा तलब पनि नदिने र स्वदेश फिर्ता हुन पनि नदिने भएपछि निजले आफन्तलाई फोन गरी स्वदेश फर्कने खर्च जुटाउनु परेको थियो । स्वदेश फर्केलगत्तै तामाङ र निजका आफन्तहरुले ओभरसिज तोडफोड गरेको बताइएको छ भने प्रहरीले यसबारे आवश्यक जांचबुझ गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका