यौनदूराचारी शिक्षकहरु पक्राउ

२५ भाद्र २०६९, सोमबार १४:१३ मा प्रकाशित

काठमाडौं, २५ भदौ । आफैले पढाउने विद्यार्थीमाथि लामो समयदेखि यौन दुव्र्यवहार गर्दै आएको आरोपमा दक्षिण चितवन माडीमा दुई शिक्षक पक्राउ परेका छन् । माडीस्थित जगन्नाथपुरी निम्न माविका शिक्षक देवराज साखी र शिव आचार्यलाई स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालय माडीमा सोमवार बुझाएको प्रहरीले जनाएको छ ।यौन दुव्र्यवहार गरेको जानकारी पाएपछि स्थानीय अभिभावकले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका हुन् । उनीहरुमाथि आङ्खनै विद्यालयको कक्षा ७ र ८ मा पढ्ने आफैले पढाउने विद्यार्थीमाथि लामो समयदेखि यौन दुव्र्यवहार गर्दै आएको उजुरी परेको प्रहरीले जनाएको छ ।
यसैगरी सप्तरीको बरमझियामा एक महिलाको शव फेला परेको छ । सप्तरीको बरमझिया ७ का महेन्द्र सदाकी कान्छी रुीमती २५ वर्षीया चन्द्रकलादेवी दासको घरमा सोमवार विहान शव फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आफू गई हेर्दा खाटमा सुताइरहेको अवस्थामा छोरीको मृत शरीर देखेको मृतकका बुबा सोही वडाका जोगी दासले बताए । गाउंले तथा इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गरेपछि ज्वाइर्ं महेन्द्रसहित उनका घरपरिवारका सदस्यहरु फरार रहेको मृतकका बुबा जोगीले जानकारी दिएका छन् । ज्वाईं महेन्द्रले आङ्खनै कोठाको सिलिङमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको बताए पनि आफूहरुलाई र प्रहरीलाई खबर नगरेको भन्दै मृतकका माइती पक्षले हत्याको आरोप लगाएका छन् । महेन्द्रको जेठी श्रीमतीतर्फ दुई छोरा र दुई छोरी छन् भने मृतक कान्छी चन्द्रकलादेवीतर्फ १० महिनाको काखेछोरा छ ।
दुई वर्ष अगाडि भागेर बिहे गरेपछि जेठी सौतेनीले सधैंजसो कुटपिट गर्ने गरेको मृतकका भाइ बिन्देश्वर दासले बताए । मृतकको शव सगरमाथा अञ्चल अस्पताल राजविराजमा परीक्षणका लागि ल्याइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै