प्रचण्डको स्वागतार्थ चितवनका स्कूल बन्द

२५ भाद्र २०६९, सोमबार १२:३४ मा प्रकाशित

काठमाडौं, २५ भदौ । एमाओवादी निकट अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशनका प्रमुख अतिथि बनेर एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल चितवन पुग्ने भएपिछ भएपछि चितवनका सवै विद्यालय बन्द गरिएको समाचार छ .। दाहालनिकटका टेकबहादुर थापा संयोजक रहेको अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशन भरतपुरमा हुंदैछ । प्रचण्डको स्वागतमा जिल्लाका निजी तथा सामुदायिक बिद्यालय बन्द आव्हान गरिएको माओवादीका एक नेताले नाम नखोल्ने सर्तमा स्वीकार गरे ।
जिल्ला अधिवेशनका दिन सवै विद्यालय बन्द गर्ने निर्णय अखिल नेपाल शिक्षक संघले गरेको बताइएको छ । संघ एकीकृत माओवादी निकटको संस्था हो । एमाओवादी निकट शिक्षक संगठनको दबावमा शैक्षिक संस्था बन्द गर्न बाध्य भएको बिद्यालयले जनाएका छन् । तर विद्यालय नै बन्द गरेर कार्यक्र नगर्न मानव अधिकारवादी संघ संस्था, अभिभावक र विद्यार्थी संघ संगठनले गरेको आग्रह सुनुवाई भएन । बिद्यालय बन्द नगराउन भएको ३ पटकको वार्ता असफल भएपछि एमाआवादी शिक्षकको निर्णयमा एमाले, नेपाली कांग्रेस निकट शिक्षक संगठन पनि सहमत भएको बताइएको छ ।
एमाले निटक शिक्षक संगठन अध्यक्ष भानु उपाध्यायले आगामी बर्षे बिदाबाट कटौती हुने गरी विद्यालय बन्द गरिएको जनाए । एमाओवादी निकट शिक्षक संगठनको अडानले बिद्यालय बन्दमा सहमति जनाउनु परेको उनको कथन छ । जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले बिद्यालय बन्दको निर्णयले छक्क तुल्याएको जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्