अमेरिकी सहायक बिदेशमन्त्री रबर्ट ओ ब्लेक दुई दिने नेपाल भ्रमणमा

२५ भाद्र २०६९, सोमबार ११:०० मा प्रकाशित

काठमाडौं, २५ भदौ । दक्षिण एसिया मामिला सम्बन्धि अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ओ ब्लेक दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । नेपाल भ्रमणका क्रममा अमेरिकी सहायक विदेशमन्त्री ब्लेकले प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड”, नेपाली सेनाका नवनियुक्त सेनापति गौरव समशेर राणालाई भेट्ने औपचारिक कार्यक्रम रहेको छ । विदेशमन्त्री ब्लेकले नेकपा एमाओवादीलाई आतंककारी सूचीमा नामांकृत आतंककारी संगठनको पहिचानबाट हटाईएकोबारे औपचारिक जानकारी गराउनुका साथै बहुपक्षीय तथा क्षेत्रीय विषयहरूमा छलफल गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ । सहायक विदेशमन्त्री ब्लेकले नेपाली उद्योगी व्यवसायी, तिब्बती समुदायका प्रतिनिधिहरू, नागरिक समाजका नेताहरू तथा मानव अधिकारकर्मीहरूसँग गर्ने औपचारिक कार्यक्रम समेत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार