घर बस्ने श्रीमतीलाई श्रीमानबाट तलब

२५ भाद्र २०६९, सोमबार १०:२१ मा प्रकाशित

काठमाडौं, २४ भदौ । आफ्नै श्रीमतीलाई श्रीमानले तलब दिने कुरा कति व्यवहारिक हुन सक्ला ? रोचक मात्रै होइन यो प्रश्न पेचिलो पनि छ । तर, अब भारतीय गृहिणीहरुले छिट्टै नै आफ्ना श्रीमानबाट मासिक तलब भने पाउने भएका छन्।
घर बसेर घरायसी काम गर्ने श्रीमतीहरुलाई आफ्नो आम्दानीको निश्चित प्रतिशत रकम दिन बाध्य बनाउने प्रस्ताव भारत सरकारले पास गर्न लाग्दैछ। त्यहांको महिला तथा बालबालिका विकास मन्त्रालयले गृहिणीहरुको सामाजिक आर्थिक स्तर उकास्न यस्तो प्रस्ताव गरेको हो। समाचार एजेन्सीहरुका अनुसार आगामी हप्ता भारतको केन्द्र सरकारले राज्य सरकारहरुसित यस बारे छलफल गर्दैछ।
महिलाहरुले घरैमा बसेर गर्ने कामलाई पनि आर्थिक गतिविधिअन्तर्गत ल्याउनु पर्ने धारणासहित यो प्रस्ताव आएको हो। यसले भारतको जीडीपी बढ्ने विज्ञहरुको ठहर रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सो