कम्युनिष्टहरुसंग सहकार्य गर्नु लोकतन्त्रमाथि खतरा : कांग्रेस नेताहरु

२५ भाद्र २०६९, सोमबार ०९:३७ मा प्रकाशित

छविलाल बगाले/ लमजुङ, २५ भदौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिलबहादुर घर्तीले नेपाली काँग्रेस सत्ता र कुर्चीका लागि भन्दा पनि जनताको अधिकारका लागि लडेको पार्टी भएको बताएका छन् । नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको ९९ आँै जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्वर १ लमजुङले आयोजना गरेको गाउं कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसका लागि प्रधानमन्त्री पद ठुलो कुरा नभई जनताको अधिकार ठुलो कुरा भएको बताउँदै नेता घर्तीले हिजो नागरिकहरु भयरहित बातावरण, अभाव र संकटका बिच बस्नु परेकाले अबका दिनमा त्यसको निकारण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।
केन्द्रीय सदस्य घर्तीले हिजोका दिनमा माओावदीले गरेको जनयुद्ध देशको समुन्नत विकासका लागि नभई लुटका लागि भएको प्रमाणित हुँदै गएको आरोप लगाउँदै उनले माओवादीले हिजोका दिनमा जनयुद्धको नाममा काँग्रेस कार्यकर्ताको हत्या र लुटपाट गरेको भन्दै त्यस्तो कार्यलाई काँग्रेसले मान्यता नदिएको बताए ।
यसैगरी कार्यक्रममा नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य धनराज गुरुङले माओवादी टुक्रीएपछि एकीकरण गराउनका लागि प्रचण्ड संविधानसभा पुर्नस्थापना गराउने बाटोमा लागेको आरोप लगाए । फुटेको बैद्य समूहमा ४० प्रतिशत नपुग्ने भएकाले संविधानसभा पुनःस्थापना गराउँदा उनीहरुलाई घिसारेरै भएपनि एकीकरणमा ल्याउने दाउमा प्रचण्ड रहेको गुरुङले आरोप लगाए । उनले माओवादी एकीकरण गराउनका लागि संविधानसभा पुनःस्थापना गराउन काँग्रेसले साथ दिन नहुने विचार राखे । माओवादी र एमालेप्रति निकै आक्रामक देखिएका गुरुङले त्यस्ता पार्टीसँग सहमति गरि सत्ताका लागि लोकतन्त्रलाई धरापमा पार्ने काममा काँग्रेस लाग्न नुहुने जानकारी दिए । माओवादी अध्यक्ष प्रचण्डलाई नव सामन्तीको अरोप लागाउँदै गुरुङले त्यस्तासँग अब कांग्रेसले बार्ता र सहमति गर्नुको कुनै अर्थ नहुने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस