आफ्नो गाउँको कानुन आफ्लै बनाए भुजुङवासीले

२५ भाद्र २०६९, सोमबार ०९:२६ मा प्रकाशित

छविलाल बगाले/ लमजुङ, २५ भदौ । देशमा नयाँ कानुन बन्न नसकीरहेको बेला लमजुङको भुजुङ गाउँका वासिन्दाले आफ्नो गाउँको कानुन आफैँले बनाएका छन् । देशभर जथाभावी रुपमा बढ्दै गएको मूल्यबृद्धि र भएको कानुनको पालना हुन नसकिरहेको अवस्थामा लमजुङको भुजुङ गाउँका बासिन्दाले देखाएको बाटो अनुसरणीय हुन सक्छ ।
हरेक बर्ष आयोजना गरिने भदौ सभा यस बर्षपनि ४ दिनसम्म आयोजना गरियो र त्यो सभाले गाउँको नयाँ कानुन जारी गरेको छ । भदौसभाले गाउँघरमा प्रयोग गरिने मानापाथी, शेरधार्नी तथा दैनिक ज्यालादारीको मुल्य तोक्नुका साथै गाउँमा नयाँ नीति नियम बनाएको छ ।
भदौसभाले गुरुङ गाउँमा प्रचलित रोधी बस्ने परम्परा विकृत बन्दै गएको भन्दै रोधी बस्ने समुहलाई ५ सय रुपैँया जरिवाना गर्ने निर्णय गरेको छ । यस्तै गाउँमा हुने मेला तथा साँस्कृतिक कार्यक्रममा बाहिरी गाउँका युवायुवतीलाई सामुहिक रुपमा राखेमा सो टोलीलाई पनि ५ सय रुपैँया जरिवना तोकेको छ ।
भदौ सभाले गाउँमा उत्पादित राँगालाई बाहिरी गाविसमा वेच्न नपाईने नियम बनाएको छ । यदि बेचेमा १ हजार जरिवाना तोकेको छ । भदौ सभाले प्रतिशेर कुखुराको १ सय रुपैँया, राँगा धार्नीको ३ सय र खसीको प्रतिधार्नी ८ सय रुपैँया कामय गरिएको छ । यस्तै अन्नबालीको प्रतिपाथी १ सय रुपैँया कायम गरीएको छ ।
यस्तै, सर्टिफिकेट प्राप्त सिकर्मी डकर्मीको २ सय ७५ र दक्षको दैनिक २ सय ५० रुपैँया ज्याला तोकेको छ । गोरु जोत्ने हलीगोरु सहित प्रतिदिन ३ सय र गोरु विना १ सय ५० रुपैँया कामय गरिएको छ । यस्तै गाउँघरमा बुनेको स्याखुलाई ५ सय ५० रुपैँया, नाम्लो सहितको डोको ३ सय र मान्द्रोको मूल्य १ हजार ८ सय रुपैँया रहेको छ । सभाले घ्यु मानाको २ सय, घर मौरीको मह ३ सय र भीरपहरामा पाइने महको प्रतिमाना ५ सय रुपैँया मुल्य तोकिएको छ । यस्तै, राडीबख्खु तथा गलैँचाहरु भने आपसी समझदारीमा खरिदबिक्री गर्न सकिने बताइएको छ ।
सभाको अन्तिम दिन गत आईतवार रीतिथिति ब्यवस्थापन समितिका सचिव डीलबहादुर गुरुङले आन्तरिक कोष अन्तर्गत २ लाख २२ हजार ७ सय ५५ रुपैँयाको आयव्यय प्रस्तुत गरेका थिए । व्याय अन्तर्गत ९८ हजार ८ सय रुपैँया विभिन्न क्षेत्रमा लगानी गरेको र अघिल्लो बर्षको आम्दानी ७३ हजार ९ सय ३० रुपैँया रहेको रीतिथिति ब्यवस्थापन समितिका सचिव गुरुङले जानकारी दिए ।
यस्तै, मोलुवामा राँगा काटेको, बन्देज गरिएका स्थानमा गाईवस्तु छोडेको, अरुको अन्नबाली खाएको, बन्देज गरिएका ठाउँमा रुख काटेको, फलफूल चोरेको लगायतका गरि भदौ सभामा ९ हजार ६ सय ७६ रुपैँया जरिवाना उठाएको समितिले जनाएको छ । यस्तै, घाँटु ब्यवस्थापन समितिका तर्फबाट सचिव डीलबहादुर गुरुङले ३ लाख ६४ हजार २ सय ९ रुपैँयाको आयव्याय विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ