लोडसेडिङ घटाउन साताको २ दिन बिदा दिने तयारी

२५ भाद्र २०६९, सोमबार ०९:१४ मा प्रकाशित

काठमाडौं, २५ भदौ । सरकारले उर्जा बचत गरी लोडसेडिङ घटाउन तथा डिजेल खपतलाई कम गर्न सरकारी कार्यालय, संस्थान र शिक्षण संस्थामा हप्ताको दुई दिन बिदा दिने तयारी गरेको छ । उद्योग धन्दा, वित्तीय क्षेत्र, कर्पोरेटसहित सम्पूर्ण निजी क्षेत्रका प्रतिष्ठान र कार्यालयलाई समेत साताको दुई दिन बिदा गर्न सरकारले आग्रह गर्ने भएको छ ।

उर्जामन्त्रालयले लोडसेडिङ घटाउन साताको २ दिन बिदा गर्नेसहित विद्युत चोरी गर्ने ठाउंमा लोडसेडिङ बढाई अन्यत्र घटाउने नीति लिनुका साथै भारतबाट विद्युत आयात गर्न आवश्यक प्रशारण लाईन निर्माणमा पनि विशेष जोड दिने नीति अख्तियार गर्ने भएको छ । विद्युत प्राधिकरणको सुझावका आधारमा सरकारले साताको दुई दिन बिदा गरेर लोड सेडिङ कम गर्ने नीति अख्तियार गर्न लागेको बुझिएको छ । शनिबार र आइतबारगरी २ दिन बिदा गर्दा साताको ५ घण्टा समय बढाएर बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय रहनेछ । यसरी २ दिन बिदा गरे पनि कार्यालय समय भने नघट्ने सरकारी अधिकारीहरुले जानकारी गराएका छन् । आइतबारदेखि बिहिबारसम्म बेलुका ५ बजेसम्म र शुक्रबार १० देखि तीनबजेसम्म गर्दा कार्यालयको कूल समय साताको ४० घण्टा हुन्छ । साताको २ दिन बिदा गर्दा पनि सोमदेखि शुक्रबारसम्म ८ घण्टाको दरले कार्यालय समय साताको ४० घण्टा नै हुने भएको सरकारी कार्यालयले आमजनतालाई गर्ने सेवाप्रवाहमा कुनै नकारात्मक असर नपर्ने दाबी अधिकारीहरुले गरेका छन् । साताको एक दिन बिदा गर्दा पनि चारलाख युनिट विद्यत बचत हुने भएकोले आगामी हिउंदमा दैनिक लोडसेडिङ १७ घण्टाभन्दा बढी गर्नु नपर्ने दाबी गरिएको छ । आगामी हिउंदमा दैनिक १९ घण्टासम्म लोडसेडिङ हुने विद्युत प्राधिकरणको प्रक्षेपण छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई