दक्षिण कोरियामा पत्रकार तथा साहित्यकारहरु सम्मानीत

५ चैत्र २०६८, आईतवार ०२:५४ मा प्रकाशित

दक्षिण कोरिया:   दक्षिण कोरिया स्थित बिभिन्न पेशामा आवद्ध रहेका नेपाली पत्रकार तथा साहित्यकारहरुलाई सम्मान गरिएको छ । कोरियाबाट सन्चालित अनलाइन पत्रिका हेल्लो नेपाल कोरिया डट कमको प्रथम वार्षिकोत्सव कार्यक्रमको अवसरमा नेपाली राजदूतावासको सभाहलमा आयोजित एक समारोहका बीच सो वेभ पत्रिकामा लेख,रचना तथा समाचारहरु पठाएर सहयोग गर्नुहुने पत्रकार तथा साहित्यकारहरुलाई सम्मान गरिएको हो । कार्यक्रममाका प्रमुख अतिथि तथा कार्यबाहक राजदूत राजाराम बर्तौला, श्रम सहचारी कृष्णहरी पुष्कर, वेभ पत्रिकाका प्रधान सम्पादक रघु त्रिपाठीले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

सम्मान पाउने पत्रकारहरुमा देवेन्द्र सम्बाहाम्फे, गोपाल सँग्रौला, रामु लम्साल थिए भने साहित्यकारहरुमा उमेश निरौला र अमृत अधिकारी रहेका थिए । सोही कार्यक्रममा हेल्लो नेपाल कोरिया डट कममा इपिएस समस्याहरुको समाधान गर्दै आउनुभएका उदय राईलाई विशेष सम्मान गरिएको थियो ।
इपिएस सम्बन्धि समस्याहरु समाधान गरेर राजदूतावासको काममा सहयोग पुर्याएको भन्दै कार्यक्रममा उदय राईको प्रशंसा गरिएको थियो । यसैगरी राम्रो काम गरेर सम्मान पाउनुहुने सबै पत्रकार तथा साहित्यकारहरुलाई कार्यक्रमका अतिथिहरुले बधाइ तथा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जवर्जस्ती करणी उद्योग मुद्दामा अदालतले सफाइ दिएको हो

बागलुङ । “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान