न्यायाधीशहरुमाथि सरकारले देख्यो खतरा

२५ भाद्र २०६९, सोमबार ०८:०७ मा प्रकाशित

काठमाडौं, २५ भदौ । कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्ने दुई न्यायाधशिहरुलाई सरकारले विशेष सुरक्षा दिन थालेको छ । न्याधाीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायमाथि सुरक्षा खतरा रहेको भन्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ । तर न्यायाधीशद्वयमाथि कसबाट कस्तो खतरा आइपरयो भन्नेचाहिं केही खुलाइएको छैन ।
न्यायाधशिद्वय श्रेष्ठ र उपाध्यायको इजलासले गत साउनमा भ्रष्टाचारी ठहर गर्दै डेढबर्ष कैद तथा ९४ लाख ७४ हजार एकसय बाइस रुपैयां बिगो र त्यति नै रकम जरिवाना गर्नुका साथै आम्दानीको स्रोत खुल्न नसकेको सम्पत्ति जफत हुने फैसला सुनाएको थियो ।
उक्त फैसलाप्रति सिंगो कांग्रेस पार्टी र जनस्तरबाटसमेत असन्तुष्टि जनाउंदै पुनरावलोकनको माग हुंदैआएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार