मूल्यवृद्धिविरुद्ध विद्यार्थीको धर्ना

२५ भाद्र २०६९, सोमबार ०८:०५ मा प्रकाशित

काठमाडौं, २५ भदौ । नौ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग राख्दै आइतबार बबरमहलस्थित नेपाल आयल निगम परिसरमा धर्ना दिएका छन् । नेपाल विद्यार्थी संघ, प्रजातान्त्रिक विद्यार्थी संगठनलगायतका नौ वटा विद्यार्थी संघ–संथाले संयुक्त रुपमा आइतबार १ बजेदेखि ३ बजेसम्म धर्ना दिएर सरकारको विरोध जनाएका थिए ।
धर्नाका क्रममा विद्यार्थीहरुले निगमभित्रको चुहावट नियन्त्रण गरिनुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, भारतीय आयल निगमसंग भएको एकलौटी सम्झौता खारेज गरिनुपर्नेलगायतका माग राखेका थिए ।
सरकारी गाडी गुड्नमा रोक लगाएको नेवि संघले आइतबार गट्ठाघरमा एउटा गाडी तोडफोडसमेत गरेका थिए । प्रहरीसंगको झडपका क्रममा विकास थापा र अर्जुनसहितका कार्यकता पक्राउ परेको पनि संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार