नजिकबाट नयां प्रधानसेनापति गौरवशमशेर जबरा

२५ भाद्र २०६९, सोमबार ०७:५६ मा प्रकाशित

काठमाडौं, २५ भदौ । लामो सैनिक सेवाको अनुभव, संस्थाप्रतिको समर्पण, साधारण व्यवहार, इमान्दार एवं आप्नो उत्कृष्ट पेशागत ज्ञानको प्रतिफल स्वरुप प्रधानसेनापति महारथी गौरव शम्शेर जबरा हाल नेपाली सेनाको सर्वोच्च स्थानमा हुनुहुन्छ । महारथी गौरवको जन्म स्व. उपरथी आदित्य शम्शेर जंग बहादुर राणा तथा सुनीता राणाका सुपुत्रको रुपमा बि.सं. २०१२ मंसिर २७ गते काठमाडौंको बबरमहलमा भएको हो । आफ्नो पिताको पदचिन्ह पछ्याउंदै बेलायतको स्याण्डहस्र्ट स्थित रोयल मिलिटरी एकेडेमीबाट अधिकृत क्याडेट तालिम हासिल गर्नुभएका उहांले बि.सं. २०३०÷११÷२५ मा श्री पुरानो गोरख गणको सहायक सेनानीको रुपमा नेपाली सेनामा प्रवेश गर्नुभएको थियो ।
संयुक्त राज्य अमेरिकाको कमाण्ड एण्ड जनरल स्टाफ कलेज, फोर्ट लेवनओर्थबाट कमाण्ड तथा जनरल स्टाफ तालिम गर्नुका साथै पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीबाट नेशनल डिफेन्स कोर्श पुरा गर्नुभएका महारथी राणाले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक र क्वायद ए आजम बिश्वबिद्यालय, पाकिस्तानबाट प्रतिरक्षा एवं सामरिक अध्ययन विषयमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।
श्री तारादल गुल्म (हाल गण)को गुल्मपति र मगर जातिहरुको बाहुल्य रहेको पल्टन श्री पुरानो गोरख गणको गणपति भई सफलतापूर्वक कमाण्ड गर्नुभएका महारथी श्री राणाले नेपाली सैनिक प्रतिष्ठानको कमाण्डाण्टको जिम्मेवारी निर्वाह गरी सक्नुभएको छ । प्रतिबिद«ोह कारवाही संचालनमा नेपाली सेना परिचालित भएको चुनौतीपूर्ण अवस्थामा श्री न ५ बाहिनी र श्री नं. ९ बाहिनीको बाहिनीपति तथा पश्चिम पृतनाको पृतनापति नियुक्तिमा रही उहांले क्रमशः बाहिनी एवं पृतना स्तरको कमाण्ड पुरा गर्नुभएको छ । उहांसंग बिभिन्न स्टाफ नियुक्तिहरुमा रही कार्य गरेको पर्याप्त अनुभव छ । भर्ना छनौट, अनुसन्धान र बिस्तार एवं ब्यवस्था तथा नीति निर्देशनालयहरुको निर्देशक रहनुभएका महारथी श्री राणाले उपरथी दर्जामा रहंदा ब्यवस्था तथा युद्धकार्य महानिर्देशक एवं निरीक्षणाधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो । ब्यवस्था तथा युद्धकार्य महानिर्देशकको रुपमा वहांले कोशी नदिमा आएको बाढीका कारण सृजित समस्याको दौरान संचालित उद्धार तथा राहत एवं ब्यवस्थापन कारवाहीको नेतृत्व गर्नुभएको थियो ।
रथी दर्जामा पदोन्नतिसंगै बलाध्यक्षमा नियुक्त भई जिम्मेवारी निर्वाह गर्नुभएका महारथी श्री राणाले मिति २०६९ जेष्ठ २२ गतेदेखि बलाधिकृतको जिम्मेवारी सम्हाल्नुभयो ।
मिति २०६९ श्रावण २६ गतेदेखि का.मु. प्रधानसेनापतिको जिम्मेवारी प्राप्त गर्नुभएका श्री राणा मिति २०६९ भाद्र २४ गते महारथी दर्जामा पदोन्नति भई प्रधान सेनापतिमा नियुक्त हुनुभएको हो । महारथी श्री राणा सुप्रवल जनसेवाश्री, बिख्यात त्रिशक्तिपट्ट, सुप्रवल गोरखादक्षिणबाहु, दैबीप्रकोप पीडितोद्धार पदक, दुर्गम सेवा पदक, परदेश सेवा पदक, यू.एन. मेडल लगायतका मानपदवी, अलंकार तथा पदकहरुबाट बिभूषित हुनुहुन्छ ।
सैनिक इतिहासको अध्ययनमा बिशेष रुची राख्नुहुने महारथी श्री राणा पंक्षीहरुको गतिविधि अवलोकन गर्न मन पराउनुहुन्छ । गल्फ खेल्नु र माउण्टेन बाइकिङ गर्नु उहांको मनपर्ने अतिरिक्त क्रियाकलापहरु हुन् । पेशा र संस्थाप्रतिको निस्वार्थ समर्पणलाई आफ्नो जीबनको आदर्श ठान्नुहुने महारथी श्री राणा आफ्नो पिता र आफू स्वयंले कमाण्ड गर्नुभएको श्री पुरानो गोरख गणको बिशेष अधिकृत (कर्णेल कमाण्डाण्ट) हुनुहुन्छ ।
महारथी श्री राणाकी धर्मपत्नी श्रीमती रोहिणी राणा हुनुहुन्छ । उहांका दुई छोरी, दुई नाति र एक नातिनी छन् ।
(स्रोत नेपाली सेना)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल