गल्ती ठहर भए नेका सभापति सजाय भोग्न तयार

२५ भाद्र २०६९, सोमबार ०६:४४ मा प्रकाशित

काठमाडौं, २५ भदौ । कांग्रेस सभापति सुशील कोइरालाले दलहरुबीच विश्वास र सहमति भए संविधानसभा पुनःस्थापना नै एक विकल्प हुने बताउनुभएको छ । माओवादीले सत्ताको आयु लम्ब्याउन संविधानसभा पुनःस्थापनाको एजेण्डा अघिसारे पनि सबै दलबचि विश्वसनिय सहमति बने मात्र पुनःसथापनाका लागि आफ्नो पार्टीले सोच्न सक्ने कोइरालाको भनाइ थियो ।
९९औं वीपी जयन्तिका अवसरमा म्याग्दी कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै सभापति कोइरालाले संविधानसभाको पुनःस्थापनाको एजेण्डामा विश्वसनीय आधार नदेखिएकोले नै कांग्रेसले सो विषयमा सहमति नजनाएको स्पष्ट पार्नुभयो ।
कांग्रेसमा देखिएको विवादको प्रसंगतर्फ इंगित गर्दै उहांले पार्टी संगठन विधान र अन्तरक्रियाले चल्ने बताउंदै आफूले कुनै संगठनात्मक गल्ती गरेको भए सजाय भोग्न तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर