विश्वेश्वर प्रसाद कोइरालाको ९९ औं जन्म दिनको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

२५ भाद्र २०६९, सोमबार ०५:१७ मा प्रकाशित

केसव बराल, भर्जिनिया । नेपाली जनसम्पर्क समिति अमेरिका – भर्जिनिया च्याप्टरको आयोजनामा जन नायक स्व. विश्वेश्वर प्रसाद कोइरालाको ९९ औं जन्म दिनको को अवसरमा गत सेप्टेम्बर ८, २०१२ मा अमेरिका-भर्जिनिया को Fairfax Blood Donation Centre रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हरेक वर्षा बीपी जयन्तीको अबसरमा जनसम्पर्क समिति अमेरिका –भर्जिनियाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

सो कार्यक्रममा यस क्षेत्रमा रहनुहुने मनिन्द्र राज जोशी, मोहन घिमिरे, टंक दाहाल, रुप कार्की, यम प्रसाद कोइराला, सागर कंडेल , डिल्ली कंडेल, हेमन्त अधिकारी, पदम रेग्मी, सुर्य विनयी, अमित खडगी लगायतले रक्तदान गर्नु भयको थियो। उक्त कार्यक्रममा जनसम्पर्क समितिका केसव बराल, शारदा सिलवाल, रामशरण हुमागाँईका साथै बिश्वो बन्धु प्रसाई, बिनय अर्याल लगायतका रक्त दाता तथा स्वयंसेवकहरूको उपस्थिति थियो। नेपाली जनसम्पर्क समिति अमेरिका –भर्जिनियाले बीपी प्रति हार्दिक श्रध्दासुमन अर्पण गर्नुका साथै सम्पूर्ण रक्त दाता तथा स्वयंसेवक महानु भाब ज्यु हरूलाई हार्दिक धन्यबाद दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र