राष्ट्रियसभामा बादल र देवकोटाको टक्कर

राष्ट्रियसभा निर्वाचनमा मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । बागमती प्रदेश सभामा एक सय १० सांसदको ५२ सय ८० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधिको ४२ सय ८४ गरी जम्मा ९ हजार ५ सय ६४ मतभार छ ।
४ जेष्ठ २०७८, मंगलवार ०९:२१ मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो दलबाट निर्वाचित राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई कारबाही गरेपछि उनको पद रिक्त भएको थियो । संघीय संसद् सचिवालयले राष्ट्रिय सभामा एक पद रिक्त भएको जानकारी गराएपछि आयोगले निर्वाचनको मिति तोक्ने प्रक्रियाका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो ।

वाग्मती प्रदेशबाट निर्वाचित थापाको पद रिक्त भएपछि उक्त स्थानमा वाग्मती प्रदेशभित्रैबाट पदपूर्ति हुनेछ । त्यसका लागि वाग्मती प्रदेशको प्रदेशसभाका १ सय १० सदस्य र स्थानीय तहका नगर प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरी ३ सय ३८ जनाले मतदान गर्नेछन् । त्यसका लागि रामबहादुर थापा बादल र डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले पार्टीको आधिकारीक उम्मेदवार बादललाई तोकिसकेको छ भने डा. खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बनेका छन् । उनले नेपाली काँग्रेस र माओवादी केन्द्रको मत पाउँने छन् भने एमालेलगायत साना दलको मत गृहमन्त्री बादलले पाउने भएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ । बागमती प्रदेश सभामा एक सय १० सांसदको ५२ सय ८० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधिको ४२ सय ८४ गरी जम्मा ९ हजार ५ सय ६४ मतभार छ ।

यसमध्ये सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५७ मध्ये एकजना सांसद पशुपति चौलागाईंको निधन भएसँगै ५६ जना र स्थानीय तहमा एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन् । यसको कुल मतभार पाँच हजार ८२ हुन्छ । कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २२ सय ८० हुन्छ ।

त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १६ सय ९८ हुन्छ  । कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हुन आउँछ । एमाले एकढिक्का हुँदा रामबहादुर थापा बादलको जित सुनिश्चित हुन्छ ।

यस्तै, राप्रपाले पनि मत आग्रह गरेको खण्डमा थापालाई सघाउने निर्णय गरेको छ । राप्रपासँग स्थानीय र प्रदेश सभामा गरी कुल एक सय ३२ मतभार रहेको छ । यसले थापाको जित थप सुनिश्चित गर्नेछ  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य