पिताको अन्त्येष्टि गर्दागर्दै पुत्रको पनि मृत्यु

४ जेष्ठ २०७८, मंगलवार ०९:०४ मा प्रकाशित

दाङ । दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो ।

उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।

पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा बुबाको आइतबार मृत्यु भएको थियो ।

सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो । यद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन । आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य