प्रहरीको बल प्रयोगका कारण सर्लाहीमा एकको मृत्यु, स्थिति तनावपूर्ण

२४ भाद्र २०६९, आईतवार २०:०७ मा प्रकाशित

काठमाडौं, २४ भदौ । विद्युत् ट्रान्स्फरमरको माग गर्दै सर्लाहीको लक्ष्मीपुर कोद्राहामा स्थानीयले गरेको चक्का जाम खुलाउने क्रममा आइतबार प्रहरीले बल प्रयोग गर्दा एक जनाको ज्यान गएको छ । सर्लाही, लक्ष्मीपुर कोद्राहा ४ का ५० वर्षीय इजहार पमरियाको प्रहरीको लाठी प्रहारबाट मृत्यु भएको हो । घतनाबाट आक्रोसित गाउँलेले प्रहरीको एउटा जिप जलाइदिएका छन् । एक महिना अघिदेखि बिग्रेको ट्रान्सफरमर बनाएर ल्याउँदै गर्दा लक्ष्मीपुरमा नपुर्‍याई हरिपुरमा झारेपछि उनीहरू चक्काजाममा उत्रेका थिए । आक्रोसित बनेका स्थानीयले ढुंगामुढा गर्दै प्रहरीलाई लखेटेका थिए भने तनाव शान्त पार्न प्रहरीले हवाई फायर गर्नुपरेको बताइएको छ ।
मुद्दाको काममा जिल्ला अदालत जाँदै गरेको बरहथवा इलाका प्रहरी कार्यालयको बा१झ ७४४५ नम्वरको प्रहरी जिपमा आगो लगाइएको हो । प्रहरीको कुटपिटबाट एमालेका जिल्ला सदस्य जमरुद्धिन मंसुर, समसुल मंसुर र राजेन्द्र महतो गम्भीर घाइते भएका छन् । स्थानीयले पमरियाको लाश सडकमा राखेर विरोध प्रदर्शन जारी राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार