महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई

४ जेष्ठ २०७८, मंगलवार ०८:१३ मा प्रकाशित

पेरिस । यस वर्षको महिला च्याम्पियन्स लिग फुटबल प्रतियागिताको उपाधि बार्सिलोनाले जितेको छ । स्विडेनको गोथेनवर्गमा गएराति भएको फाईनल खेलमा इंग्लीश क्लब चेल्सीलाई ४–० ले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले उपाधि जितेको हो ।

चेल्सी विरुद्धको खेलको पहिलो हाफमै बार्सिलोनाले ४ गोल ग-यो । बार्साको लागि मेलानी लिउपोज, अलेक्सीया, आइताना र क्यारोलिनले एक एक गोल गरे ।

बार्सिलोनाले महिलाहरुको युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको यो पहिलो पटक हो । दुई वर्ष अगाडि भएको फाईनलमा बार्सिलोना फ्रान्सको लियोंसँग ४–१ ले हारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका

पेरिस । फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को