मेक्सिकोकी एंड्रिया मेजा भइन् मिस युनिभर्स

४ जेष्ठ २०७८, मंगलवार ०७:४७ मा प्रकाशित

फ्लोरिडा । मेक्सिकोकी सुन्दरी एंड्रिया मेजाले मिस युनिभर्स २०२१ को ताज जितेकी छन् । आइतबार राति अमेरिकाको फ्लोरिडास्थित हलिवुडको हार्ड रक होटल र क्यासिनोमा आयोजना गरिएको मिस युनिभर्सलको अन्तिम प्रतिस्पर्धामा मेजाले विश्वका ७० देशका सुन्दरीलाई हराएर सो २६ वर्षीया मेजाले उपाधि चुमेकी हुन् ।

२०२० मा पहिलोपल्ट कोरोना भाइरस महामारीको कारण यो प्रतियोगिता रद्द गरिएको थियो । कोरोना केही साम्य भएको भन्दै दुई साताअघिबाट फ्लोरिडामा मिस युनिभर्स २०२१ को विविध प्रतिस्पर्धा सुरु भएको थियो । मिस युनिभर्सको फाइनल सम्पन्न भएको हो ।

आफूले कडा मेहनतका साथ यो प्रतियोगिताको उपाधि जितेको भन्दै आफूलाई जिताउने सम्पूर्ण मेक्सिजन जनताप्रति यी सुन्दरीले ताज समर्पण गरेकी छन् । आफू र देशवासीकै लागि यो अत्यन्त खुसीको पल भएको मेजाले ताज ग्रहण गर्ने क्रममा बताएकी छन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल प्रहरीलाई चर्चित वलिउड नायिका मनिषा कोईरालाले कोरोना महामारीको प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।

काठमाडौं । नायिका केकी अधिकारी १० दिने ‘आर्यमौन विपश्यना ध्यान शिविर’बाट फर्किएकी छन्। पहिलोपल्ट विपश्यनाका लागि गएको भन्दै अनौठो अनुभूति

बलिउड । शनाया कपुर बलिउडका नायक संजय कपुरकी छोरी हुन् । शनाया चाडै नै रंगिन दुनियाँमा पाइला राख्ने तयारीमा छिन्

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा