ब्लुमक्विस्ट पुरस्कारबाट कथाकार सुकृति पुरस्कृत

४ जेष्ठ २०७८, मंगलवार ०७:४५ मा प्रकाशित

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार अमेरिकी डलर (५ लाख ८५ हजार नेपाली रुपैयाँ) सहितको पुरस्कार हासिल गरेकी छन् ।

कथाकार सुकृति शर्मालाई ब्लुमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले सो कृतिबापत ५ हजार अमेरिकी डलरसहितको ब्लुमक्विस्ट–२०२१ वर्ष पुरस्कार प्रदान गरेको हो । ब्लुमक्विस्ट परिवारिक प्रतिष्ठानले धेरै लामो समयदेखि ‘कलेज एक्सेस फेयरफ्याक्स ः ओपनिङ डोर टु द फ्युचर’ नामक संस्थामार्फत सो पुरस्कार प्रदान गर्दै आइरहेको पनि पुरस्कार प्रदान समारोहमा जानकारी गराइएको छ ।

सो पुरस्कार प्राप्त गरेपछि नेपाली चेली सुकृति शर्माले आफ्नो कडा परिश्रमले यो पुरस्कार प्राप्त गरेको बताइन् । सो क्रममा उनले आफ्नो सो कृति लेख्न सघाउने भाइ साइमनलाई पनि सम्झिन् । सुकृतिको अंग्रेजी कथासंग्रह ‘सत्र पुष्प पत्रहरू’ अमेजनमा उल्लेखनीय रूपमा बिक्री भइरहेको छ ।

शर्माको यो कथासंग्रह ‘फेयरफ्याक्स काउन्टी’ पुस्तकालयले पाठक सदस्यलाई अध्ययनका लागि सबै २३ वटा शाखामा उपलब्ध गराएको छ । पुस्तकबाट उठेको रकम नेपाल र लेबनानस्थित शरणार्थी शिविरमा रहेका बालबालिकाको स्वास्थ्य सेवाका लागि प्रदान गर्ने पनि पुरस्कार ग्रहण समारोहमा सुकृतिले बताएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य