बागमती प्रदेशका सबै अस्पतालमा अक्सिजन प्लान्ट राखिने

भिडियो कन्फेरेन्स बैठकमा प्रदेशका मन्त्रीहरु, १३ वटा नै जिल्लाका प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख , महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिदै मुख्यमन्त्री पौडेलले जनताको जीवनरक्षाका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो ।
३ जेष्ठ २०७८, सोमबार १७:०७ मा प्रकाशित

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै अस्पतालहरुमा क्षमता अनुसारको अक्सिजन प्लान्ट राखिने बताउनुभएको छ । उहाँले प्लान्ट खरिद प्रक्रिया सुरु भइसकेको पनि जानकारी दिनुभयो ।

सोमबार भएको भिडियो कन्फेरेन्स बैठकमा प्रदेशका मन्त्रीहरु, १३ वटा नै जिल्लाका प्रमुख जिल्ला अधिकारी ,जिल्ला समन्वय प्रमुख , महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिदै मुख्यमन्त्री पौडेलले जनताको जीवनरक्षाका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । उहाँले अस्पतालहरुलाई आवश्यक सम्पूर्ण भौतिक समान उपलब्ध गराउने र पैसाको अभावमा कुनै काम नरोकिने बताउनुभयो ।

पौडेलले संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कोभिड नियन्त्रणमा सम्पूर्ण अधिकार दिएको हुँदा निर्धक्क भै आवश्यक रकम खर्च गरि कोभिड महामारी नियन्त्रणका लागि जुट्न समेत आग्रह गर्नुभयो । महामारी नियन्त्रण नै आफ्नो पहिलो मुख्य प्राथामिकता रहेको बताउदै पौडेलले अहिले सरकारको सबै शक्ति कोभिड नियन्त्रणमा लागेकोले यो वा त्यो बहानामा जिम्मेवारीबाट कोही पन्छिन नपाइने बताउनुभयो ।

कुनै पनि समस्या आए आफूलाई तत्काल जानकारी गराउन र महामारी नियन्त्रणमा आवश्यक निर्णयहरू गरी कार्यान्वयन गर्न निर्देशन दिदै मुख्यमन्त्री पौडेलले आवश्यकता अनुसार आइसोलेसन, कोभिड अस्पतालका साथै अस्पतालमा आवश्यक जनशक्ति लगायत भौतिक सामग्रीको अभाव हुन नदिने बताउनुभयो। कार्यक्रममा प्रदेशका मन्त्रीहरु , महानगरपालिका उपमहानगरपालिका प्रमुख लगायतले आआफ्ना क्षेत्रका कोभिडले पारेको समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य