पुरानो जनादेश अब अमान्य : नेता महत

२४ भाद्र २०६९, आईतवार १९:४१ मा प्रकाशित

काठमाडौं, २४ भदौ । कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतले नयाँ जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नरहेको जनाउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले बीपी जयन्तीको अवसरमा भक्तपुरमा आइतबार आयोजना गरेको कार्यक्रममा पार्टी कार्यकर्ताहरुलाई खसम्बोधन गर्दै पुरानो जनादेशलाई अब मान्यता दिन नहुने धारणा प्रस्तुत गर्नुभयो । कांग्रेसभित्र संविधानसभा पुनःस्थापना कुरा आइरहेका बेला उहांले यस्तो अभिव्यक्ति दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । दलहरूबीच सहमति भए पनि नभए पनि अब वैशाखसम्ममा निर्वाचनमा जानुपर्छ भन्दै प्रभावशाली नेता महतले यसका लागि कांग्रेस एकजुट भएर गाउँ अभियान सुरु गर्नुपर्ने सुझा दिनुभयो ।
सोही कार्यक्रममा कांग्रेस जिल्ला सभापति गणेशमान चक्रधर, केन्द्रीय सदस्य गणेश पाण्डे लगायतले देशलाई बीपीको मेलमिलापको नीतिको आवश्यकता भएको औंल्याएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौं । कुम्भमेलामा भाग लिएर पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाह स्वदेश फर्किएका छन् । १० दिन लामो भारत भ्रमण सकेर