स्वास्थ्य संकटकाल लगाइने !

३ जेष्ठ २०७८, सोमबार ०८:१८ मा प्रकाशित

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणमा देखिएका कानुनी अड्चन हटाउन अध्यादेश ल्याउने तयारी गरेको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को हिजो बसेको बैठकमा कानुनी अभाव र अड्चनका कारण कोरोना भाइरस संक्रमणको दोस्रो लहर नियन्त्रणमा समस्या आएको कुरा उठेपछि सरकारले अध्यादेश ल्याउने तयारी थालेको हो ।

संभवत आजै बस्ने मन्त्रिपरिषद्को बैठकले अध्यादेश स्विकृत गरि राष्ट्रपति कार्यालय पठाउने संभावना छ । कोरोना महामारी रोक्न २०२० सालको ऐनले बाधा ल्याएको भएकाले अध्यादेशमार्फत कानुन ल्याउन लागिएको हो ।

सरकारले यसअघि कोरोना संक्रमण नियन्त्रणका लागि ल्याइने औषधिबारे कानुनी व्यवस्था गर्न औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ ल्याएको थियो ।

यसैबिच, कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ । सिसिएमसीको हिजो बसेको बैठकमा कोभिडलाई प्रभावकारी ढंगले नियन्त्रणकालागि स्वास्थ्य संकटल लगाउने विषयमा छलफल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन भदौ १६ बाट गर्ने भएको छ । यो निर्धारित मितिभन्दा ९ दिन ढिलो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। पाँच पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई पार्टीको बैठकबाट मात्र होइन, महान्यायाधिवक्तामार्फत धम्क्याएको बताएका छन् । उनीहरूले शनिवार

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)