एथ्लेटिको मड्रिड ला लिगाको उपाधि नजिक

३ जेष्ठ २०७८, सोमबार ०८:१५ मा प्रकाशित

ओसासुनालाई हराउँदै एथ्लेटिको मड्रिड स्पेनिस लिग फुटबल ‘ला– लिगा’ को उपाधि नजिक पुगेको छ । गएराति भएको खेलमा एथ्लेटिकोले ओसासुनालाई २–१ ले हरायो । एथ्लेटिकोको जितमा रेनान लोडी र लुइस सुवारेजले एक एक गोल गरे ।

जितसँगै एथ्लेटिकोले लिग तालिकामा दोस्रो स्थानको रियाल मड्रिडमाथि २ अंकको अग्रता बनाएको छ । रियालले गएराति नैं भएको अर्को खेलमा एथ्लेटिक विल्वाओलाई १–० ले हराउँदै उपाधि जित्ने संभावना जिवित राखेको छ ।

बार्सिलोना भने सेल्टा भिगोसँग पराजित भएपछि उपाधि होडबाट बाहिरिएको छ । गएरातिको जितपछि एथ्लेटिकोको ३७ खेलबाट ८३ अंक भएको छ । दोस्रो स्थानको रियालको समान खेलबाट ८१ अंक छ । लिगमा अब अन्तिम चरणका खेलहरु मात्रै बाँकी छन् ।

अन्तिम चरणमा एथ्लेटिकोले रियाल भालाडोलिडसँग उसैको मैदानमा खेल्नेछ । रियालले भने घरेलु मैदानमा भियारियालसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका

पेरिस । फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को