आज मदन-आश्रित स्मृति दिवस

यसै सन्दर्भमा जारी गर्नु भएको वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत नेता भण्डारी र आश्रितप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका अतुलनीय रहेको प्रधानमन्त्रीले उल्लेख गर्नु भएको छ ।
३ जेष्ठ २०७८, सोमबार ०८:०१ मा प्रकाशित

काठमाडौं । आज मदन-आश्रित स्मृति दिवस । २८ वर्ष अगाडि जेठ ३ गते भएको दासढुङ्गा दुर्घटनामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रजहरु मदन भण्डारी र जीवराज आश्रितको दुःखद निधन भएको थियो ।

यसै सन्दर्भमा जारी गर्नु भएको वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत नेता भण्डारी र आश्रितप्रति उच्च सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ । नेपाल राष्ट्र तथा नेपाली जनताका लागि जननेता मदन भण्डारीका योगदानहरु दूरगामी महत्वका अतुलनीय रहेको प्रधानमन्त्रीले उल्लेख गर्नु भएको छ ।

प्रधानमन्त्रीले नेपाली समाजको ऐतिहासिक विकासक्रम र विशेषता, मार्क्सवादका आधारभूत सिद्धान्त र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका अनुभवहरुको गहन अध्ययन एवं समीक्षा गरी मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गर्नुभएको स्मरण गर्नु भएको छ ।

जबज आज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा स्थापित भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसले लोकतन्त्रलाई सामाजिक न्यायसँग जोड्न र नेपाली कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन मार्गदर्शन गरिरहेको पनि उल्लेख गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य