७३६८ जनामा संक्रमण पुष्टि, २४ घण्टामा १४५ जनाको मृत्यु

२ जेष्ठ २०७८, आईतवार २०:४० मा प्रकाशित

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ५ हजार ३१६ र ३४४ एन्टीजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । उक्त संख्या नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेको रेकर्डसमेत जोडर भएको हो । गएको २४ घण्टामा ६६४८ जना निको भएका छन् । नेपालमा निको भएको दर ७४ दशमलव ७ प्रतिशत रहेको छ ।

काठमाडौंमा १८८१, भक्तपुरमा २९२ र ललितपुरमा ४३८ जना गरी गत २४ घण्टामा उपत्यकामा २६११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य