देशभर मनाइयो बीपीको जन्मजयन्ति

२४ भाद्र २०६९, आईतवार १९:३७ मा प्रकाशित

काठमाडौं, २४ भदौ । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांसका संस्थापक नेता स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको ९८ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइयो । यस अवसरमा नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपा विशेष कार्यक्रमको आयोजना ग¥यो ।
विसं १९७१ भदौ २४ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मनुभएका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व हुनुहुन्थ्यो । जहानिया राणा शासनविरुद्धको ०७ सालको क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका बीपी ०१५ सालमा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रति प्रतिवद्ध बीपीले जनतालाई सार्व भौमसत्तासम्पन्न बनाउन जीवनभर राजनीतिक संघर्ष गर्नुका साथै यसका लागि पटकपटक जेल र निर्वासनमा बस्नु परेको थियो । राष्ट«ियता नै खतरामा परेको विश्लेषण गर्दै बीपी यसअघिको निरङकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन परित्याग गरी ०३३ सालमा राष्ट«िय मेलमिलापको नीति लिएर भारतबाट स्वदेश र्फकनुभएको थियो । बीपी जनता र राष्ट्रको हितका लागि निर्ण लिनुपर्ने घडीमा देशको एकमुठ्ठी माटो छातीमा राखी विचार गर्नुपर्छ भनी आफ्ना समकालीन नेताहरुलाई आग्रह गर्नुहुन्थ्यो ।
०३६ सालमा जनमतसंग्रह, ०४२ सालमा नेपाली कांग्रेसद्वारा सत्याग्रह र ०४७ सालमा जनआन्दोलनबाट पञ्चायती व्यवस्था समाप्त भई बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको प्रादुर्भाव भयो । ‘मानिस ठूलो होइन असल बन्नुपर्छ’ भन्ने नेता बिपीले प्रधानमन्त्री हुंदा सबै जनतालाई १५ वर्षभित्र आर्थिक र सामाजिक रुपमा मध्यम स्तरमा पु¥याउने अठोट गर्नुभएको थियो । तर उहांको दुई तिहाईको बहुमत प्राप्त सरकारलाई तत्कालीन राजा महेन्द्रले शाही ‘कू’ द्वारा विघटन गरी बीपीलाई जेल हालेका थिए । विसं २०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा उहांको क्यान्सर रोगबाट निधन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित सहसचिव चुडामणि शर्मा विशेष अदालतमा उपस्थित भएका छन् । कर फर्छ्यौट आयोगका सदस्य सचिव

काठमाडौं ।सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाली समय अनुसार आज मध्यरातमा राष्ट्रसंघीय महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका