प्रधानमन्त्रीलाई पुनः शपथ गराउन जसपाको माग

‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गराउन हाम्रो पार्टी माग गर्दछ’
२ जेष्ठ २०७८, आईतवार २०:३१ मा प्रकाशित

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शपथका क्रममा भएको घटनाले राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादामा असर पुगेकोले पुनः शपथ गराउन माग गरेका हुन् ।

‘प्रधानमन्त्रीको शपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक त्यो पर्दैन भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गराउन हाम्रो पार्टी माग गर्दछ’, यादवले विज्ञप्तिमार्फत भनेका छन् ।

विज्ञप्तिमा हालै गरिएको राजदूतहरूको नियुक्तिमा संविधानले सुनिश्चित गरेको समावेशिताको सिद्धान्त अस्वीकार गरिएको आरोप समेत छ । राजदूत नियुक्ति सच्याएर समावेशी मान्यता र मापदण्डका आधारमा नियुक्ति गर्न यादवको माग छ ।

कोरोनाको दोस्रो लहरको बढ्दो प्रभावले नेपाली जनता आक्रान्त भएको भन्दै आवश्यक स्वास्थ्य जनशक्ति, बेड, अक्सिजन, आइसियु, भेन्टिलेटर र औषधीको यथाशीघ्र व्यवस्था गर्न समेत जसपा अध्यक्ष यादवले माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य