वैद्य माओवादी पनि निर्वाचन आयोगमा

२४ भाद्र २०६९, आईतवार १९:११ मा प्रकाशित

काठमाडौं, २४ भदौ । यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता नगर्ने धारणा सार्वजनिक गर्दै आउको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले पार्टी दर्ता गर्न निर्वाचन आयोगमा आइतबार निवेदन दिएको छ। पार्टी फुटको घोषणासँगै वैद्यले तत्कालै जनविद्रोहमा नजाने र वैधानिक रुपमा निर्वाचन आयोगमा दर्ता पनि नहुने निर्णय सार्वजनिक गरेको थियो। पार्टी फुटेको जानकारी दिन आयोजित गत असार ६ को पत्रकार सम्मेलनमा ‘अवस्था हेरेर दर्ता गर्ने या नगर्ने जे पनि हुन सक्ने’ अभिव्यक्ति भने अध्यक्ष मोहन वैद्यले दिएका थिए । त्ययता पार्टीसम्वद्ध सबै नेताले पार्टी दर्ता नगरिने बताउंदै आएका थिए ।
माओवादी पार्टीले संविधानसभाको पुनःस्थापना वा निर्वाचनको औचित्य नभएकोमा जोड दिँदै आएको छ। सर्वपक्षीय गोलमेच सभा, संयुक्त अन्तरिम सरकार तथा त्यसैमार्फत नयाँ राजनीतिक निकासको कार्यनीति अपनाउनु पर्ने पार्टीको अडान छ। अचानक पार्टी दर्ता गर्ने निर्णयमा किन पुगियो भन्ने जवाफ भने सार्वजनिक गरिसकिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार