वस दूर्घटनाका मृतक सवैको सनाखत

२४ भाद्र २०६९, आईतवार १९:१० मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २४ भदौ । गुल्मीको सदरमुकाम तम्घासवाट काठमाडौंको लागि छुटेको लु १ ख ५५८३ नम्वरको यात्रुवाहक वस आज विहान गुल्मीकै हर्दिनेटा गाविस ६ मा दूर्घटना हुँदा १३ जनाको मृत्यू भएको छ भने अन्य थप दुई दर्जन भन्दा वढी वढी घाईते भएका छन् । विहान सदरमुकाम तमघासवाट ५ वजे २४ जना यात्रुहरु लिएर हिडेको उक्त डाँक वस सदरमुकाम तम्घासवाट करिव ७ कोष टाढा हर्दिनेटा गाविसको लुम्छा नजिकै सेल गैरा भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ११ जना यात्रुको घटना स्थलमै र थप २ जनाको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दूर्घटनामापरि मृत्यु हुनेहरुमा गुल्मी अर्खले गाविस ६ निवासी टेमलाल पाण्डे, गुल्मी विरवार ८ का टेक बहादुर सोमरे, दरवारदेविस्थान ३ निवासी हरिकला अर्याल, तम्घास गाविस १ निवासी बिस्नु प्रसाद पन्थी, गुल्मी पिपलधाराकि लक्ष्मी खनाल, जैसिथोककि लक्ष्मी खड्का, तम्घास ३ कि छमकला कुवर, निरज कुवर, गुल्मी दुविाचौर ९ का श्री थापा, गुल्मी अर्खले गाविस ७ निवासी राजन गौतम अर्खले ७, अर्घाखाची भगवती २ का लालकुमार श्रेष्ठ, अर्घाखाँची मरेङ्ग ५ का ङण बहादुर क्षत्री र अर्घाखाँची वाङ्गला निवासी चन्दा भुुसाल रहेका छन् ।
तिव्र गतिमा रहेको उक्त वस ट्रकलाई ओभरटेक गरेलगत्तै सडकमा विपरीत दिशावाट आईरहेको मोटरसाईकललाई साईड दिने क्रममा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । वस सडकवाट करिव ४ सय मिटर तल जंगलको खोँचमा खसेको थियो । घाईतेहरु मध्य २ जनाको स्थानी श्रृङ्गा हेल्थ सेन्टर र अन्य थप १२ जनाको पाल्ल्पा स्थित मिसन अस्पताल उपचार भैरहेको छ । घाईते मध्य २ जनाको अवस्था गंभिर रहेको वताईएको छ । घटना पछि अहिले गुल्मी जिल्ला शोकमग्न वनेको छ । घटना पछि अहिले गुल्मी जिल्ला शोकमग्न वनेको छ । यसै घटनालाई लिएर आइतबार गुल्मी उद्योग वाणिज्य संघद्वारा जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय तथा कलकारखाना बन्दको घोषणा गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो नेतृत्वमा सरकारमा सहभागी नहुने बताएका छन् । यसअघि उपप्रधानमन्त्रीसहित

काठमाडौँ । यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक(जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन

बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीको गाउँ नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र