राप्रपा महाधिवेशन स्थगित

यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा हुने घोषणा भएको महाधिवेशन कोभिड–१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानले जानकारी दिनुभयो ।
१ जेष्ठ २०७८, शनिबार २०:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा हुने घोषणा भएको महाधिवेशन कोभिड–१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानले जानकारी दिनुभयो । पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापासहितको आजको बैठकले महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने निर्णय गरेको छ ।

राप्रपाले बिरामीका लागि अस्पतालमा शय्या अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, सघन उपचार कक्ष, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेकाले निजी क्षेत्रसंँगको सहकार्यबाट स्वदेश र कूटनीतिक पहल गरी अन्तरराष्ट्रिय सहयोग जुटाउन सरकारसँंग माग गरेको छ । बैठकले दलको निर्देशन समिति पाँच दिनभित्र गठन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य