८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

१ जेष्ठ २०७८, शनिबार १९:५५ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७ हजार ९७१ पीसीआर र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ।

यस्तै सोही अवधिमा १८७ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाकोरोना संक्णमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ।

अहिले देशभर एक लाख ९ हजार ७४० सक्रिय संक्रमित रहेका छन्। आज शनिबार हिजो (शुक्रबार) तुलनामा कोरोना संक्रमण र मृतकको संख्यामा केही कमि आएको छ । शुक्रबार देशभर ८५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य