प्रधानमन्त्री ओली २ जेठ २०७५ मा फर्किन सहमत

१ जेष्ठ २०७८, शनिबार ०८:०० मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा हिजो शुक्रबार राति अबेरसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताबीचको छलफलमा पार्टी विवाद समाधान गर्न सहमति भएको हो ।

वरिष्ठ नेता नेपालनिकट नेता सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठमै फर्किने विषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार शीर्ष नेतासहितको छलफलमा कार्यदल बनाएर सहमति जुटाइने भएको छ ।

‘२ जेठमा फर्किएर पार्टी समस्या समाधान गर्ने सहमति भएको छ, त्यसका लागि कार्यदल बनाएर मोडालिटी बनाइने भएको छ,’ पन्तले भने । वरिष्ठ नेता नेपाल समूहले भोलि २ जेठ आइतबार फर्किने विषयलाई ‘बटमलाइन’ बनाउँदै आएको छ ।

कार्यदलमा रहने नेता टुंगो शनिबार ओली र नेपालले लगाउनेछन् । पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता जोगाउने विषयमा ओली र नेपाल सहमत देखिएकाले कार्यदल बनाउने सहमति जुटेको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि बिहीबार ओली र नेपालबीच छलफल भएको थियो । त्यसपछि दुवैतर्फका दोस्रो तहका नेतासहितको छलफल शुक्रबार भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रदेश सरकारमा नेकपा (एमाले) एकता सुदृढ बन्दैगएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठकको तयारी

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेको छ। आदेशसँगै

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ५३ जनाको मृत्यु भएको छ। २९ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका

कटुञ्जेमा जन्मेर हाल अमेरिकामा रहेर विभिन्न पेशा व्यवसाय एवं अध्ययन गरिरहेका नेपालीले सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य