उपाधिका लागि धनगढी र काठमाडौं भिड्दै

१ जेष्ठ २०७८, शनिबार ०७:४८ मा प्रकाशित

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ हुनेछ ।

काठमाडौंले प्लेअफमा बिहीबार ललितपुर सिटीलाई ३–० ले पन्छाउँदै धनगढीविरुद्ध २० दिनभित्र तेस्रोपल्ट खेल्ने पक्का गरेको हो । धनगढीले लिगमा काठमाडौंलाई ३–० ले तथा र प्लेअफमा अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल यात्रा हो । यस्तो अवस्थामा धनगढी काठमाडौंमाथि ह्याट्रिक जित निकाल्दै पहिलो सिजनको एनएसएल च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

विराटनगरसँग ३–० ले पराजित भएर लिगको सुरुवात गरेको धनगढीले दोस्रो खेलमा काठमाडौंलाई ३–० ले पन्छाउँदै एनएसएलमा विजयी सुरुवात गरेको थियो । लिगमा काठमाडौं पहिलो र धनगढी दोस्रो स्थानमा रहँदा सिधै फाइनल प्रवेशको लागि प्ले अफ खेल दुई घण्टा चलेको त्यो प्लेअफमा धनगढीले पछि परेको स्थिति उल्टाएर जित निकालेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि सर्बियन खेलाडी नोभाक जोकोभिचले जितेका छन् । फ्रान्सको पेरिसमा गएराति भएको फाईनल खेलमा ग्रीसका

पेरिस । फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।

विश्वकप तथा एसिया कप छनोट फुटबलको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेतको राजधानी कुवेत सिटीमा समूह ‘बी’ को